४ असार, काठमाडौं ।

राजपा नेपालले तराईका जिल्लाहरुमा आज आफूहरुले बन्द आब्हान गरेका कारण गोप्य रुपमा हिजो नै उम्मेदवारको मनोनयन गरिएको दावी गरेको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवले विज्ञप्ती निकालेर आज बन्दका कारण हिजो राती नै गोप्य रुपमा नामांकन पत्र निर्वाचन आयोगका कर्मचारीले बुझेर दर्ता गर्ने काम भएको खुल्न आएको बताएका छन् ।

यसबाट आयोगको विभेदकारी नीति एवं निर्वाचन कार्यक्रमको विश्वसनियताको उपहास भएको विज्ञप्तीमा उल्लेख छ । बन्दका क्रममा आफ्ना सयौं कार्यकर्ताको गिरफ्तारी भएको राजपाले जनाएको छ ।

कहाँबाट कति गिरफ्तार भए ? हेर्नुस राजपाको तथ्यांकः