२६ चैत , काठमाडौं ।

आइपिएलको तेस्रो खेलमा कल्पनै नगरेको नतिजा निस्किएको छ । गएराती भएको खेलमा कोलकत्ता नाइट राइडर्सले गुजरात लाइन्सविरुद्ध अविश्वसनीय नतिजा निकालेको हो । पहिलो इनिङमा २० ओभरमा चार विकेट गुमाएर १८३ रन बनाउँदै कोलकत्तालाई १८४ रनको लक्ष्य दिंदासमेत गुजरातले हार्ने कल्पना गरेको सायद सोचेको थिएन । हारे पनि प्रतिस्पर्धी हुँदै हारिएला भन्ने उनीहरुको सोचाई थियो सायद ।

तर, कोलकत्ताको लागि गौतम गम्भीर क्रिस लाइनले १० विकेटको जित दिलाएपछि धेरैलाई छक्क पारिदिए । गम्भीरले नटआउट ७६ रन बनाउँदा ४८ बल खेले । यसमा १२ वटा चौका सामेल थियो । गम्भीरले एउटा पनि छक्का प्रहार गर्न सकेनन् ।

तर, खतरनाक देखिएका लाइनले आठ छक्का र ६ चौकाको मद्दतमा ४१ बलमैं ९३ रन जोडेपछि कोलकात्ताले १४.५ ओभरमा कुनै विकेट नगुमाएपछि १० विकेटको कल्पनै नगरेको जित आत्मसाथ गर्यो । गुजरातका कुनै पनि बलरले कसिलो बलिङ गर्न सकेनन् ।

आइपिएको चौथो खेलमा आज किंग्स ११ पन्जाव र राइजिङ पुने सुपरजाइन्ट भिड्नेछन् । आजै आरसिबी दिल्ली डेयरडेबिल्स पनि भिड्दैछन् ।