नयाँ आइफोन किन्नुभयो? अनि कुन कुन एपहरू डाउनलोड गर्ने भनेर सोचमा पर्नुभएको छ? त्यसो भए आज हामी तपाईँले डाउनलोड गर्नैपर्ने १० वटा एपहरूको बारेमा जानकारी दिँदैछौँ।

फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र भाइबर भनेको त सबैको मोबाइलमा हुनैपर्ने एपहरू हुन्, तर ती बाहेक अन्य एपहरू पनि छन्, जसले आइफोन चलाउँदा अझै बढी रस थप्ने गर्छन्।

तपाईँले आइफोनमा डाउनलोड गर्नैपर्ने १० एपहरूः

१. गुगल फोटो (Google Photos)

तपाईँको आइफोनको फोटो कलेक्सनमा भएका फोटोहरूलाई एप्पलकै आइक्लाउड फोटो लाइब्रेरीमा व्यवस्थित बनाएर राख्न मिल्ने एप हो ‘गुगल फोटो’। यो एपमा उत्कृष्ट इमेज रिकग्निसन (Image Recognition) सुविधा पनि उपलब्ध छ,जसले तपाईँका फोटोमा भएका कुराहरू, जस्तै कुकुर, खाना वा कुनै व्यक्तिलाई सजिलै खोजेर त्यससँग सम्बन्धित अरू फोटोहरू पनि देखाउने काम गर्दछ।  साथै, तपाईँका फोटो एल्बमहरू साथीलाई सेयर गर्नपनि मिल्दछ।first iphone apps to download (1)

२. फोरस्क्वायर (Foursquare)

फोरस्क्वायरले विश्वभरीकै रेष्टुरेण्ट र होटेलहरूको बारेमा जानकारी राख्दछ र तपाईँ बसेको ठाउँ वरिपरी तपाँइले चाहेअनुसारको रेष्टुरेण्ट पनि खोजिदिन्छ। कुनै नयाँ ठाउँमा रेष्टुरेण्ट खोलेको छ भने पनि यसले नोटिफिकेसन दिने गर्छ।first iphone apps to download (4)

३. फेसबुक म्यासेन्जर (Facebook Messenger)

फेसबुकमा भएका साथीहरूसँग सीधै सञ्चार गर्न तपाँइले म्यासेन्जरको प्रयोग गर्नसक्नुहुन्छ। यो एप चलाउनको लागि तपाईँसँग फेसबुक एकाउन्ट हुनैपर्छ भन्ने पनि छैन।first iphone apps to download (3)

४. भेन्मो (Venmo)

पेपल (PayPal) को यो भेन्मो एपले तपाईँको बैङ्क एकाउन्टजसँग सुरक्षित तरिकाले कनेक्ट गर्छ र तपाईँले यसैबाट बैङ्क ब्यालेन्स ट्रान्सफर गर्न पनि सक्नुहुन्छ।first iphone apps to download (5)

५. स्पार्क (Spark)

धेरै भन्दा धेरै उत्कृष्ट सुविधाहरू भएको ई-मेल एप हो ‘स्पार्क’। यसले तपाईँलाई प्राप्त भएका ई-मेलहरूलाई चलाख तरिकाले विभाजन गरेर राखिदिन्छ। कुनै व्यक्ति अथवा पत्रपत्रिकाबाट आएका ई-मेलहरूलाई छुट्टाछुट्टै समूह बनाएर राखिदिन्छ। र यो एप डाउनलोड गर्न निःशुल्क पाउनुहुन्छ।first iphone apps to download (3)

६. डार्क स्काइ (Dark Sky)

धेरैजसो मौसम एपहरूले तपाईँलाई सामान्य विवरण मात्रै दिने गर्दछ। तर यो ‘डार्क स्काइ’ले तपाईँ बसेको ठाउँको मौसमको बारेमा विस्तृत जानकारी दिने गर्दछ। साथै, पानी पर्न लागेको छ या हिउँ पर्न लागेको छ भने पनि पहिल्यै सूचीत गराउँदछ, यस्तो लाग्छ कि तपाईँको पकेटमा कुनै मौसम विज्ञ नै बसेको छ।first iphone apps to download (2)

७. वानपासवर्ड (1password)

तपाईँका पासवर्डहरूलाई सुरक्षित राख्नु एकदमै महत्वपूर्ण हुन आउँदछ। त्यसको लागि यो ‘वानपासवर्ड’ एप एकदमै उचित हुन्छ। यसले वेबसाइटमा राखिएका पासवर्डहरूलाई व्यवस्थित गरेर राखिदिन्छ र सबै पासवर्डहरूलाई एउटा मास्टर पासवर्डले सुरक्षित गरेर राख्छ, जुन तपाईँलाई मात्रै थाहा हुन्छ।first iphone apps to download (2)

८. स्वरकीट (Sworkit)

स्वरकीटले सबै किसिमको फिटनेस प्रोग्रामको लागि एरोबिक, स्ट्रेन्थ, रेसिस्टेन्स तथा फ्लेक्जिबिलिटीका व्यायामहरूलाई मिलाएर तपाईँको लागि उपयुक्त व्यायाम तालिका बनाइदिन्छ।first iphone apps to download (4)

वैज्ञानिक तवरले पनि यो एप प्रभावशाली प्रमाणित भएको छ। ३० वटा फिटनेस एपहरूलाई हालैको अनुसन्धानमा परीक्षण गरिएको थियो र यो ‘स्वरकीट’ एप सबैभन्दा उत्कृष्ट घोषित भएको थियो।

९. भिएससीओ क्याम (VSCO Cam)

तपाईँको स्मार्टफोनबाट खिचेको तस्विरलाई अझै राम्रो देखाउन चाहनुहुन्छ भने यो एपमा भएका सुविधाहरू प्रयोग गर्न सक्नुहुन्छ। यसमा भएका एडिटिङ्ग सुविधाहरू इन्स्टाग्रामको भन्दा पनि उत्कृष्ट रहेको छ।first iphone apps to download (1)

१०. मनुमेन्ट भ्याली (Monument Valley)

सन् २०१४ मा ‘एप्पल गेम अफ इयर’ (Apple’s Game of the year) जति उत्कृष्ट थियो, २०१५ मा पनि उत्तिकै रोचक रहेको छ। यो ‘मनुमेन्ट भ्याली’ एकदमै रोचक पहेली गेम हो। यसमा सुन्दर साउण्डहरू पनि समावेश गरिएको छ।first iphone apps to download (5)

यो पनि हेर्नुहोस्-
मोबाइलमा समस्या ल्याउने ६५ एण्ड्रोइड एप्स
‘हाम्रो पुलिस’ मोबाइल एप्स सार्वजनिक
एन्ड्रोइडको लागि मात्र पाइने १४ एप्स
नेपालीले बनाएका एप्सहरु बजारमा
तपाइँको मृत्यु भविष्यवाणी गर्ने एप्स