५ माघ, टिक्रिट (इराक) । इराकको सलाहुद्दिन प्रान्तमा अवस्थित एक सैनिक शिविरमा अतिवादी समूह इस्लामिक स्टेट (आईएस) ले गरेको आक्रमणमा परी कम्तीमा १५ सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

रातिभरी भएको यस आक्रमणमा परी १५ सुरक्षा अधिकारी मारिएका छन्, भने अरू पाँच जना अपहरणमा परेको प्रान्तीय सुरक्षा स्रोतले बुधबार जानकारी दिएको छ ।

iraq-army-tikrit

त्यसैगरी सलाहुद्दिन र पूर्वी प्रान्त दियालाबीचको प्रान्तीय सिमानामा रहेको प्रहरी कमाण्डो सीमा चौकीमा भएको अर्को आतङ्ककारी आक्रमणमा कम्तीमा ११ कमाण्डो मारिनुको साथै अन्य आठ घाइते भएको सो स्रोतले नाम नबताउने सर्तमा सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

यस घटनामा पनि पाँच कमाण्डो अपहरणमा परेका बताइएको छ । यस आक्रमणहरुमा मेसिन गन, मोर्टास् र रकेट आक्रमणलगायत दर्जनौँ आईएस आतङ्ककारी समूहको उपस्थिति रहेको बताइएको छ । रासस/सिन्ह्वा