आईफोनमा मिति परिवर्तन गर्दा काम नै नगर्ने ब‍नाउन सकिन्छ। आईफोनको मिति परिवर्तन गरि १९७० जनवरी १ बनाउँदा आईफोन नबन्ने गरि काम नलाग्ने हुने एक प्रयोगकर्ताले युट्युवमा भिडियो सार्वजनिक गरेका हुन।

iPhone 6S Plus

यसरी बिग्रेको आईफोन बनाउन आईफोन खोलेरै सर्किट बोर्डलाई ब्याट्रीसगं छुट्याउनु पर्ने हुन्छ। यो युनिक्सको टाइमस्ट्याम्पसंग सम्बन्धि समस्या भएको बताइएको छ, तथापी एप्पलले यसबारेमा आधिकारिक प्रतिक्रिया दिइसकेको छैन।

आईफोनमा देखिएको यो ‘बग’ Apple A7, A8, A8X, A9 र A9X चिपसेट भएका सबै एप्पलका ग्याजेटमा भेटिएको छ। यसको अर्थ आईफोन ५एस र त्यसपश्चातका आईफोन ६एस, ६एस प्लस साथै आईप्याड प्रोमा समेत यो समस्या देखिने बताइन्छ।

एप्पलले यो बग चाडै समाधान गरि अपडेट ल्याउला। त्यति बेलासम्म मिति परिवर्तन गर्दा सावधानी अपनाउनुहोला।

यो पनि पढ्नुस।

आईफोन निर्माता एप्पलको मनै लोभ्याउने कार्यालय

तपाईले थाहै नपाउनुभएको आईफोनले गर्नसक्ने १२ काम

एप्पलको आईफोन र एन्ड्रोइड मोबाइलमा कुन उत्कृष्ट? (टेबल सहित)

एप्पलको नयाँ आईफोन सार्वजनिक, थ्री डी टच सहित यस्ता छन् विशेषता

नयाँ आईफोन आउदै, के के छन् विशेषता?