१४ फागुन, एजेन्सी ।

सामसुङ ग्यालेक्सी नोट–७ पड्किएको खबरपछि आईफोन–७ प्लसमा पनि आगलागीको रिपोर्ट आएको छ । आईफोन–७ प्लस बाट धुवाँ निस्किरहेको देखिने एक भिडियोले अहिले चर्चा बटुलेको हो।

ट्विटरमा @briannaolivas नामक एक प्रयोगकर्ताले ‘आज बिहान प्रयोग नगरीकनै मेरो आईफोन–७ प्लस पड्कियो । यसबारे भन्नलाई मसँग केही छैन’ भन्दै भिडियो पोस्ट गरेकी छिन् । अहिलेसम्म ३१ हजारबढीले रि–ट्विट गरिसकिएको छ भने ३३ हजारले लाइक गरेका छन् । भिडियोमा आईफोनबाट धुवाँ निस्किरहेको स्पष्ट देख्न सकिन्छ ।

सामुसङ ग्यालेक्सी नोट–७ पड्किएपछि हवाई यात्रामा प्रयोग गर्न रोक लगाइएको थियो । अब आईफोन–७ प्लसका प्रयोगकर्ताहरुबीच यस फोनलाई पनि रोक लागाइने त होइन भन्ने आशंका बढेको छ।

सामसुङको नोटमा ब्याट्रीको समस्या आएपछि अमेरिका लगायत केही देशमा सामसुङका मोबाइलमाथी घटेको विश्वसनीयता र बिक्रि झै कतै एप्पलले पनि यस्तै भोग्नु पर्ने त होइन ?

आईफोनबाट धुवा निस्किएको खबरपछि एप्पलले आफ्नो लेटेस्ट स्मार्टफोन ‘आईफोन–६’ र ‘आईफोन–७’मा भइरहेको ब्याट्रीको समस्यालाई सँधैका लागि हटाउने तयारी गरेको छ । जानकारी रहोस्, केही समयअघि आईफोन–६ र ६–प्लस’को ब्याट्रिमा पनि समस्या आएको खबर आएको थियो।