७ असोज, काठमाडौँ।

नेपालीको महान् चाड विजयादशमीका अवसरमा आकर्षक छुट र यथेष्ट सुविधा सहितको सामसुङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु भएको छ ।CTC mobile expo (1)

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मोबाइल एक्स्पोको आज उद्घाटन गर्दै आफूले सञ्चारमन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घरघरमा इन्टरनेटकोे विशेष कार्ययोजनाअनुसार नै नेपालमा सूचना प्रविधिको विकास भइरहेको बताए ।CTC mobile expo (4)

उनले आफ्नो सोही योजनामा नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको जानकारी दिँदै वर्तमान युगमा जनताको भावनालाई समेट्दै अघि बढ्नुपर्नेमा जोड दिए ।CTC mobile expo (2)

सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले महलको व्यावसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मलमा रहेका व्यवसायीको हितका पक्षमा मलले सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।CTC mobile expo (3)

सामसङ नेपालका प्रणय रत्न स्थापितले नेपालकै ठूलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मद्दत पुग्ने अपेक्षासहित मुख्य प्रायोजक बनेको जानकारी दिए ।

सिटिसी मोबाइल बजारमा प्रदर्शनी गरिएको सो एक्स्पोमा सिटिसीका अध्यक्ष सन्दिपमान श्रेष्ठले बजार प्रवद्र्धनको मुख्य योजनासहित एक्स्पोको आयोजना गरेको र बजारमा ग्रे मार्केटका फोनलाई पूर्णतः निषेध गरिनुका साथै सस्तो र गुणस्तरीय मोबाइल खरिदका लागि सिटिसी मोबाइल बजार उपयुक्त गन्तव्य भएको बताए ।

एक्स्पोमा रु ८०० देखि एक लाख ५० हजारसम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्रान्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुविधा उपलब्ध गराइएको छ । साथै केही कम्पनीले ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरेका छन् ।

मोबाइल एक्स्पोमा आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्री वितरण गरिनेछ ।

यही असोज १५ गतेसम्म चल्ने एक्स्पोमा सिटिभी मोबाइलले एलजी मोबाइलको एल ६ मोडलको खरिदमा अर्कौ मोबाइल उपहारस्वरुप प्रदान गरेको छ ।