एजेन्सी ।

हालै गरिएको एक अध्यनले महिला पुरुष सम्बन्धि अनौठो निष्कर्ष सार्वजनिक गरेको छ । उक्त अध्यनका अनुसार कुनै पनि पुरुषले गरेको गलत ब्यवहार महिलाले सहन्छन् यदी उ आकर्षक र सुन्दर छ भने । तर त्यही कुरा कुरुप देखिने पुरुषमा लागु हुँदैन ।

अमेरिकाको इस्टर्न केन्टकी युनिभर्सिटीका जेरेमी गिबसन तथा जोनाथन गोरेले गरेको अध्यनमा पुरुषको सुन्दरता अनुसार महिलाले पुरुष प्रतिको धारणा बनाउँछन् । सुन्दर र आकर्षक पुरुषलाई नराम्रो काम गर्दा पनि नराम्रो मान्दैनन् तर औषत पुरुषलाई भने त्यही काम गर्दा सजाय दिन चाहन्छन् ।

man with beautiful woman

आकर्षक पुरुषले गरेको नराम्रो ब्यवबार समेत उनीहरुले केही हद सम्म स्वीकार गर्ने अध्यनको निष्कर्ष छ ।

यदि दुई पुरुष मध्ये एक जना आकर्षक र सुन्दर छ तर अर्को त्यति आकर्षक छैन भने महिलाले पहिलो ब्यक्तिले गलत काम गर्दा पनि माफी दिन्छिन् भने दोश्रो ब्यक्तिलाई त्यस्तो माफी प्राप्त हुँदैन ।

यो पनि हेर्नुस्

यस्ता पुरुष भनेपछि मरिहत्ते गर्छन् महिला

महिलालाई मन पर्ने पुरुषका ५ प्रकार