एजेन्सी । साउदी अरबको दम्मासबाट भारतको कोच्ची आउँदै गरेको जेट एयरवेजको विमानमा एक महिलाले बच्चा जन्माएकी छिन् । विमान आकाशमै छँदा महिलालाई सुत्केरी व्यथा लागेको थियो ।

जेट एयरवेजका अनुसार विमान ३५ हजार फिट उचाइमा उडिरहँदा बच्चाको जन्म भएको थियो । त्यसपछि विमानलाई मुम्बइ एयरपोर्टमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ । मुम्बइमा अवतरणपछि आमा र बच्चा दुबलाई होली स्पिरिट अस्पतालमा भर्ना गरिएको छ ।

जेट एयरवेजले ति बच्चालाई आजीवन जेट एयरवेजमा यात्रा गर्न शुल्क नलिने घोषणा गरेको छ ।जेट एयरवेजले एउटा फ्रि पास जारी गरेको छ जसको प्रयोगबाट उनले आजीवन जेट एयरवेजमा निशुल्क उड्न पाउनेछन् ।

 टर्की एयरलाइन्सको एक विमानमा पनि गएको अप्रिल महिनामा एक महिलाले बच्चा जन्माएकी थिइन् ।  जेट एयरवेजमा भने यो पहिलो घटना हो ।