लगातार घण्टौसम्म काम गर्नाले, निद्रा पुरा भएन भने तथा धेरैबेर सम्म मोवाइल कम्प्युटरमा बसिरहनाले आँखा कमजोर हुदै जान्छ । आखा कमजोर भएपछि सानै उमेरमा देखि चस्मा लगाउनु पर्ने बाध्यता हुन्छ । तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, यी उपाय अपनाएमा आखाको तेज बढ्दै जान्छ र चस्मा लगाउनै पर्दैन ।

१. बदाम -६ /७ दाना बदाम राति पानीमा भिजाएर राख्नुस । यसलाई हरेक दिन विहान नियमित रुपमा खाने गर्नाले आखालाइ फाइदा गर्दछ ।

२. त्रिफला -अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आखा सफा गर्नुहोस् । यसले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

३. गाजर -यसमा भिटामिन वि र सी पाइन्छ । नियमित रुपमा गाजर खानाले तथा यसको जुस पिउनाले आखाको ज्योति बढ्दै जान्छ ।

४. सर्स्युं -सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

५. ग्रीन टि- दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनुहोस् । यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आखालाई स्वस्थ राख्दछ ।

६. अवला -सुकाएको अवलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आंखा सफा गर्नुस् । यसो गर्नाले आखा स्वस्थ रहन्छ ।

७. घिउ -घिउले आखी भौ तथा कन्चडतिर ५ १० मिनेट मसाज गर्नाले आंखाको तेज बढ्दै जान्छ ।

८. जीरा -जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आंखाको ज्योति बढाउछ ।

९. हरियो साग- रायो, मेथि, पालुङ्गो लगायतका हरियो सागपात खानाले आखाको तेज बढ्दै जान्छ ।

१०. आखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाव जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आखा स्वस्थ रहन्छ ।