कुनै पनि व्यक्तिको अन्तिम संस्कार हुन्छ, त्यहाँ महिला जाँदैनन् । जब कसैको मृत्यु हुन्छ, शवलाई घरबाट निकालेपछि पुरै घर, आगनलाई सफा–सुघ्घर गर्दै धुने वा लिप–पोत गरिन्छ । अनि मात्रै खानाको लागि सामान तयारी गरिन्छ । घरमा कुनै पनि नकारात्मक शक्ति नरहोस् भन्नका लागि यसो गरिन्छ । यी सबै काम गर्नका लागि महिलाहरु घरमै रहनुपर्ने विश्वास गरिदैँ आएको छ ।Bagamati_cremation funeral

भनिन्छ, अन्तिम संस्कार गरिने ठाउँमा आत्माहरुको वास हुन्छ, र ती छटपटाइरहेका आत्मा वा भूत–प्रेतबाट महिलाहरुलाई सबैभन्दा बढी खतरा हुन्छ । यस्ता आत्माहरु कुमारी महिलाहरुलाई निशाना बनाउँछन्।

तर यस्तो कुनै धर्म शास्त्रमा लेखिएको भेटिदैन । यी सबै निकै पहिलेदेखी केवल कर्मकाण्डको रुपमा पालना गरिदै आएको छ। कुनै ठोस आधार भने कहिँकतै लेखिएको भेटिदैन।

हिन्दु संस्कारअनुसार, अन्तिम संस्कारमा मृतकको परिवारका सदस्यहरुले कपाल खउरिनु पर्नेहुन्छ । यो प्रथा महिलामाथि लागु नहोस् भन्नका लागि उनिहरुलाई घरमै बस्न लगाइन्थ्यो ।

त्यस्तै, महिलाको तुलनामा पुरुष केही कठोर हुने र यदि कोही मसान घाटमा रोए, मर्ने व्यक्तिको आत्मालाई शान्ति नमिल्ने भनिन्छ । महिलाहरु भावुक भई धेरै रुने भएकाले उनीहरुलाई अन्तिम संस्कारमा सहभागी नगाराइएको बताइन्छ ।

त्यस्तै, दुष्ट आत्माहरु जीवित प्राणीको शरीरलाई कब्जा गर्ने मौका खोजिरहेको हुन्छ, जसमा साना बच्चाहरु तथा रजस्वाला भएका महिला सहजै शिकार हुन्छन्, भन्ने विश्वास गरिन्थ्यो । यी कारणले गर्दा साना नानी तथा महिलाहरुलाई मसान घाट जाने अनुमति दिइदैनथ्यो ।

यद्यपी, हिजो आज यस्तो प्रथा केही हदसम्म हटिसक्यो । महिला आफैँले अन्तिम संस्कार गरेको समाचार सुन्नमा वा प्रत्यक्ष देख्नमा पनि पाइन्छ, जुन समयक्रम अनुसार आवश्यक कदम पनि हो।