बलिउड फिल्म उद्योगमा खाली बक्स अफिसको अंकमा मात्रै सिमित हुँदैन, फिल्म उद्योगका कलाकार र निर्देशक राजनीतिक भाषणमा पनि देखिन्छन्, जसको असर उनीहरुको व्यावसायमा पनि पर्ने गर्छ । आउनुहोस्, २०१७ मा बलिउड उद्योगमा सुपरहिट ग्यारेन्टेड फिल्मको लिस्टमा कुनकुन छन् ?12-films-release-2017-184521518

जनवरी – दीपिका पादुकोणको पहिलो हलिउड फिल्म ‘एक्सएक्सएक्स : द रिटर्न अफ जेन्डर केज’ जनवरीमा रिलिज हुन लागेको छ । हलिउडका स्टार विन डीजलसँग अभिनय गरेकी दीपिकाको यस फिल्म हिट हुने अड्कल गरिएको छ । त्यस्तै, शाहरुख खानको ‘रइस’ र रितिक रोशनको ‘काबिल’ पनि बक्स अफिसमा भिड्दैछन् ।12-films-release-2017-194826518

फेब्रुअरी – अक्षय कुमारको फिल्म ‘जोली एलएलबी’लाई १०० करोड क्लबमा सहभागी हुने आशा गरिएको छ । त्यस्तै, शाहिद कपूर, सैफ अली खान र कंगना रनोटद्धारा अभिनित ‘रंगून’ पनि निकै आशा गरिएको फिल्म हो ।12-films-release-2017-20515918

मार्च – यस महिला अमिताभ बच्चनको ‘सरकार–३’ आशा गरिएको फिल्म हो । त्यस्तै, विद्या बालनले फिल्म ‘बेगम जान’ लिएर आउँदैछिन् ।12-films-release-2017-215392218

एप्रिल – ७ अप्रिलमा रिलिज हुने भनिएको अनुराग बासुको फिल्म ‘जग्गा जासुस’लाई पनि आशा गरिएको फिल्म हो । रनवीर कपूर र क्याट्रिना कैफको जोडी फेरि देख्न सकिने छ । त्यस्तै, यस महिनामा सबैभन्दा आशा गरिएको फिल्म ‘बाहुबली–२’ पनि रिलिज हुनेछ ।12-films-release-2017-225583618

मे – यो महिनामा प्रियंका चोपडाको हलिउड फिल्म ‘वेवाच’ प्रदर्शनमा आउने छ । यो फिल्म निकै आशा गरिएको फिल्म । त्यस्तै, परिणिती चोपराको ‘मेरी प्यारी बिन्दु’ र अर्जुन कपूरको ‘हाफ गर्ल’ पनि रिलिजमा आउनेछन् ।

जुन – सलमान खानको फिल्म ‘ट्युब लाइट’ रिलिज हुनेछ । यो फिल्मको व्यापार ३०० करोड नाघ्ने अड्कल गरिएको छ । साथै अक्षय कुमारको ‘ट्वायलेट एक प्रेम कथा‘ पनि रिलिज हुँदैछ।12-films-release-2017-235859618

जुलाई – जुलाईमा ६ वटा फिल्म रिलिजमा आउँनेछन्, त्यसमध्ये सेफ अलि खानको फिल्म ‘सैफ’ निकै प्रतिक्षित फिल्म हो ।

अगस्ट – अगस्टमा संजय दत्त जेलबाट बाहिर निस्केपछि कमब्याक हुनेछन् । फिल्म ‘भूमि’पछि शाहरुख खान र अनुष्का शर्माको फिल्म ‘द रिंग’ले पनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

सेप्लेम्बर – अजय देवगन फिल्म ‘बादशाहो’ आउने छ ।

अक्टोबर – रोहित सेट्टीको फिल्म ‘गोलमाल अगेन’ आउने भएको छ ।12-films-release-2017-241175018

नोभम्बर – यो महिना सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावती’ आउने छ । त्यस्तै, इमरान हाश्मीको ‘क्याप्टेन नवाब’ पनि रिलिज हुनेछ ।

डिसेम्बर – ठूलो प्रोजेक्टको फिल्म ‘टाइगर जिन्दा है’ रिलिज हुने बताइएको छ ।