१८ माघ, सुरुङ्गा (झापा)।
दक्षिणी झापाको घेराबारीमा आज बिहान एक व्यक्तिको जलेर मृत्यु भएको छ ।

घेराबारी– ६ मिलडाँडा निवासी ५० वर्षीय चन्द्रबहादुर रुम्बाको छिमेकी फूलमाया मेचेको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका रुम्बाको अगेनामा बालेको आगो ताप्ने क्रममा घोप्टिएर लडेपछि जलेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय राजगढका प्रमुख भरत केसीले जानकारी दिए । रासस