बि.स.२०७३ फाल्गुन ११ गते । बुधबार । ईश्वी सन् २०१७ फेब्रुवरी २२ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । फाल्गुन कृष्ण पक्ष । तिथि एकादशी, ३१ घडि २६ पला,बेलुका ०७ बजेर ११ मिनेट उप्रान्त द्वादशी । नक्षत्र पूर्वाषाडा, ५४ घडि २७ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर ३७ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ५९ मिनेट जाँदा । दिनमान २८ घडी २४ पला । चन्द्ररासि धनु ।

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । अध्ययन अध्यापनको क्षेत्रमा तपाई आफ्नै कमजोरीले पछि परिने सम्भावना रहेको छ । व्यापार व्यवसायमा अरु दिन भन्दा बढिनै समय दिनु पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिर्ने हुँदा दैनिक कामकाज गर्न गाह्रो महसुस हुँनेछ । पढाई लेखाईको सन्द्रर्भमा लामो दुरिको यात्रा हुन सक्छ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बिभिन्न समस्याको फेस गर्नु पर्दा मानशिक तनाब बढ्नेछ । सुधारात्मक क्षेत्रमा गरिएको लगानी त्यसै खेर जानेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

रमाईलो यात्रा हुने  अधिक सम्भावना रहेको छ । व्यापारको सवालमा बिशिष्ट मानिसहरुसँग भेटघाट हुँने योग रहेको छ । पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त होला । पढाई लेखाईमा उल्लेख्य सुधार भई राम्रो नतिजा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त तथा साथिभाई सँग भेट्ने अवसर प्राप्त हुँदा रमाईलो हुँनेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शत्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई आफ्नो पक्षमा प्रतिफल निकाल्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ कामको प्रस्ताब आउँने तथा रुपैया पैसा प्रशस्त कमाउँन सकिनेछ । आउने प्रेम प्रस्ताबलाई स्वीकार गरेर अगाडि बढ्दा फलिफाप हुनेछ । साथिभाई तथा आफन्तसँगको रमाईलो भेटघाटमा स्वादिष्ट भोजन ग्रहण गरि दिन कटाउँन् सकिनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ । व्यापार व्यवसाय खस्केर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक काममा ब्यस्त हुने समय रहेको छ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँदा अरु भन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आमा तथा आफन्त सँग छुट्टिएर टाढाको यात्रा तय गर्नुपर्दा मन निरास हुनेछ । बाहिरी वातावरण सँग घुलमेल हुन नसक्दा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पराक्रम बढेर जाने हुँनाले जोशिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बोल्दा ख्याल गर्नुहोला छिटो बोल्दा वा निर्णय गर्दा कामहरु बिग्रने छ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा खटपट आउँनेछ । व्यापार व्यावसाय अरुदिन भन्दा कम हुँनेछ । अरुकै काममा दिनभर ब्यस्त हुनुपर्दा पढाई लेखाईमा समय दिन मुस्किल पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले नआउँला भन्न सकिन्न ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलेकै भरमा कामहरु बन्नेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुशी रहनेछन् । तपाईबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथिभाईहरु खुशी हुँनेछन् ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ । लामो दुरीको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने भएपनि दैनिक कामकाजमा खासै फरक पर्ने छैन । अनावश्यक खर्च बढ्न सक्छ होस गर्नु जरुरी देखिन्छ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य विवाद सिर्जना हुनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तकहरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२