बि.स.२०७४ बैसाख ०८ गते । शुक्रबार । ईश्वी सन् २०१७ अप्रिल २१ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख कृष्ण पक्ष । तिथि दशमी ४७ घडी ४४ पला । नक्षत्र धनिष्ठा ४३ घडि ०८ पला, बेलुका १० बजेर ५१ मिनेट उप्रान्त शतभिषा । योग शुभ १० घडि ३० पला,बिहान ९ बजेर ४८ मिनेट उप्रान्त शुक्ल । करण वणिज, दिउँसो १२ बजेर ४४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धाता योग । चन्द्रराशि मकर बिहान १० बजेर ३२ मिनेट उप्रान्त कुम्भ । छन्द दिवस । धनिष्ठा पञ्चक सुरु ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ३६ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३१ मिनेट जादा । दिनमान ३२ घडी १९ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुँने योग रहेकोछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यावसायमा साथिभाई तथा आफन्तको सहयोग हुनेछ । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । व्यापार व्यावसायमा बढोत्तरि भई आर्थिक रुपमा सबल हुँन सकिनेछ । नयाँ काम पाउँने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको स्वागत हुँनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

 असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । बिहानपछिको लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । अध्यानमा प्रगति भई नतिजा आफ्नैतिर ल्याउँन सकिनेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

माया प्रेमको गाठो कसिलो भएर जाने तथा बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जानेछ भने अरु भन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । बिहानपछि तपाईले बनाएका योजनाहरु लागु गराउँन निकै नै संघर्ष गर्नुपर्नेछ । आर्थिक अभाव हुने हुँदा कामहरु समयमा सम्पन्न गर्न कठिन हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा दिदि बहिनिबिच मनमुटाब बढ्नेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

वादबिवाद सिर्जना भए मुद्दा मामिलामा तपाईकै जित हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने मिष्टान्न भोजनका साथ दिन कटाउँन सकिनेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ  भने लगनशिल तथा मेहनेतले अगाडिको बाटो पहिल्याउन सहज हुँनेछ । परिवार तथा सन्तानको साथ रहने हुँनाले काममा समय दिन सहज बाताबरण पैदा हुँनेछ । आकस्मिक धन तथा सम्पति हरु हात लागि हुँने योग रहेको छ । पुराना समस्याहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि बडाउँन सहज हुँनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न हुँनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । आमा,साथिभाई तथा ईष्टमित्रबाट भनेजस्तो सहयोग हुँने हुँनाले मन खुसि हुँनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानि गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथिभाई खुसि रहनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रगति गरि अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । सन्तानको प्रगति देखेर मन प्रशन्न हुँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । बिहान बितेपछिको समय मध्ययम रहेकोले प्रतिश्पर्धिहरुले काममा अवरोध पुर्याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुँनेछ । सामान्य छाति सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

वादबिवाद तथा प्रतिश्पर्धामा आज हुँने नतिजा तपाईको पक्षमा आउँने छैन । माया प्रेम तथा पति पत्निबिच मायामा अबिश्वास बढ्ने हुँनाले होसियारी अपनाउँनुहोला । बिहानपछि छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

उपलब्धिबिहिन काममा समय बित्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुँनेछ भने दाम्पत्य जीवनमा घटपट आउँनेछ । बिहान बितेपछि थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । पछि सम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

 बिदेशमा उत्पादिन बस्तुहरुको व्यापार ब्यावसायबाट भने जस्तो आम्दानि गर्न सकिनेछ भने स्वदेशि उत्पादनको व्यापार खस्केर जानेछ । बिहानबितेपछिको समय राम्रो रहेकोले तपाईको चुम्बकिय ब्यात्तित्वले सबैको मन तान्नेछ । व्यापार ब्यावसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाँफा कमाउँन सकिनेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् । मध्यान्हदेखि काम तथा अध्ययनको शिलशिलामा लामो दुरिको यात्राको सम्भावना रहेकोछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि आउँन सक्छ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२