बि.स.२०७४ वैशाख १० गते । आईतबार । ईश्वी सन् २०१७ अप्रिल २३ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख कृष्ण पक्ष । तिथि द्वादशी ४४ घडी २० पला बेलुका ११ बजेर १८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पूर्वाभाद्रपदा ४३ घडी २० पला, बेलुका १० बजेर ५४ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग ब्रम्ह ३ घडी ४५ पला,बिहान ७ बजेर ०४ मिनेट उप्रान्त ऐन्द्र । करण कौलव, बिहान ११ बजेर ४९ मिनेट उप्रान्त तैतिल,रातको ११ बजेर १८ मिनेट उप्रान्त गर । आनन्दादिमा चर योग । चन्द्रराशि कुम्भ बेलुका ५ बजे उप्रान्त मिन । पुस्तक दिवस । पञ्चक ।
काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३२ मिनेट जाँदा । दिनमान ३२ घडी २७ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा परिणाममुखि नतिजा निकाल्न  सकिनेछ भने नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । सरकारी सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ ।  व्यापारमा लगानी गरि आम्दानीका स्रोत बढाउँन सकिनेछ । साँझपख लामो दुरीको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

सत्रु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउँनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरीमा पदोन्नति हुँनेछ । व्यापार व्यवसायमा भने जस्तो नाँफा कमाउँन सकिने तथा प्रशस्त रुपैया पैसा कमाउँने योग रहेको छ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियाली छाउँनेछ । साँझपख सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ ध्यान दिनुहोला ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्तहरुबिच मनमुटाब बढ्नेछ । तपाईले बनाएका योजनाहरु लागु गराउँन निकै नै संघर्ष गर्नुपर्नेछ । आर्थिक अभाव हुँने हुँदा कामहरु समयमा सम्पन्न गर्न कठिन हुँनेछ । पढाई लेखाईमा मन जाने छैन भने सहयोग गर्ने भन्दा फसाउनेहरु हाबी हुँनेछन् । बेलुकापख व्यापार व्यवसाय फस्टाएर जानेछ भने पढाई लेखाईमा सुधार भएर जानेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चिताएको काममा बाधा हुँने तथा सोचेजस्तो नहुँनाले दैनिक कामगर्न गाह्रो महशुस हुँनेछ । घर परिवार तथा आफन्तबिच घरायसी कुरामा विवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला तपाईको योजना बिफल हुँन सक्छ । पुराना लेनदेनका समस्याहरु बल्झन सक्छ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । साँझपख परिस्थितिमा केहि सुधारका संकेतहरु देखा पर्नेछन् ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोश जाँगर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । रमाईलो तथा मनोरञ्जानात्मक यात्रा हुँने भएपनि बाटोमा बाधा अवरोधहरु हुँन सक्छन् ध्यान दिनुहोला । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोश जाँगर बढेर आउँनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न रहनेछ । साँझपख रमाईलो तथा अर्थपुर्ण यात्राको अधिक सम्भावना रहेको छ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफ्ना कमजोरीहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । व्यवसायमा भने जस्तो आम्दानी नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला । साँझपख प्रतिश्पर्धीहरुलाई परास्त गर्दै प्रतिश्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आमा तथा साथिभाई ईष्टमित्रबाट टाढिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने जग्गा खरिद बिक्रीबाट आम्दानि गर्न सकिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथिभाई खुसि रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । प्रतिश्पर्धीको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थ्यमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । साँझपख गरिने लगानीबाट भनेजस्तो नाँफा नहुँने हुँनाले पर्ख र हेरको रणनिति अख्तियार गर्दा राम्रो रहेको छ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो ब्यक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ । साँझपख रमाईलो यात्राको अधिक सम्भावना रहेको छ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोश जाँगर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुँनेछ भने उपहार प्राप्तिको योग रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । तपाईको चुम्बकिय ब्यत्तित्वले सबैको मन तान्नेछ । व्यापार ब्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । साँझपख खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक घर खर्च बढ्न सक्छ ध्यान दिनुहोला । न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्ने बानीले कामहरु बिग्रन सक्छ । लामो दुरीको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । साँझपख चालिएका कदम र थालिएका कामहरु स्वत स्फुर्त अगाडि बढ्ने हुँनाले सम्मान पाईने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२