बि.स.२०७४ बैसाख १३ गते । बुधबार । ईश्वी सन् २०१७ अप्रिल २६ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख कृष्ण पक्ष । तिथि औंषि ३१ घडी ४६ पला, बेलुका बेलुका ६ बजेर १४ मिनेट उप्रान्त बैशाख शुक्ल प्रतिपदा । नक्षत्र अश्विनि ३६ घडि १७ पला, बेलुका ८ बजेर ०२ मिनेट उप्रान्त भरणि । योग प्रीति ४० घडि १२ पला, बेलुका ९ बजेर ३६ मिनेट उप्रान्त आयूष्मान । करण चतुष्पद, बिहान ७ बजेर १६ मिनेट उप्रान्त नाग,बेलुका ६ बजेर १४ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि मेष । दर्श श्राद्ध । मातातीर्थ औंषि । मातातीर्थमा स्नान । आमाको मुख हेर्ने । चाँगु नारायण, छिन्नमस्ता,कीलेश्वर मुल रथयात्रा । निशि बार्ने औंषि ।
काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३४ मिनेट जादा । दिनमान ३२ घडी ३८ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । अध्ययन तथा अध्यापनमा सुधार भएर जाने तथा सकारात्मक नतिजा हात पर्नेछ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ । समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

 लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न चालिएका कदमहरुमा बाधा तथा अवरोध हुँनेछ । अन्य काममा व्यास्त हुँनुपर्दा पढाई लेखाईमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

माया प्रेमको गाठो कसिलो भएर जानेछ भने आफन्तहरु सँगको सम्बन्धमा प्रगाडता थपिनेछ । आर्थिक रुपमा सवल हुँनका लागि थालिएका कामहरुबाट मनग्गे लाभ हुँनेछ । पैत्रिक तथा सरकारि धन सम्पति लाभ हुँने योग रहेकोछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरिमा पदोन्नति हुँनेछ । व्यापार व्यावसायमा प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । सत्रु परास्त हुँनेछने भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यावसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियालि छाउँनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शैक्षिक धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको भएपनि यात्राका क्रममा बिभिन्न अवरोधहरु हुँनेछन् । अध्ययन अध्यानको क्षेत्रमा तपाई आफ्नै कमजोरिले पछि परिने सम्भावना रहेकोे छ । व्यापार व्यावसायमा अरु दिन भन्दा बढिनै समय दिनु पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिर्ने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुस हुँनेछ । माया प्रेममा सामान्य मन मुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । यात्राको क्रममा बिभिन्न स्वादिष्ट भोजनको स्वादमा रम्न सकिनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा समाज तथा साथिभाई खुसि रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने जग्गा खरिद बिक्रीबाट आम्दानि गर्न सकिनेछ । आमा तथा साथिभाई ईष्टमित्रबाट टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

छोटो,रमाईलो तथा उपलब्धिमुलक यात्रा हुँने अधिक सम्भावना रहेको छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुँन सक्छ । आफ्नो ब्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२