बि.स.२०७४ बैसाख १४ गते । बिहिबार । ईश्वी सन् २०१७ अप्रिल २७ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख शुक्ल पक्ष । तिथि प्रतिपदा २६ घडी १४ पला, बेलुका बेलुका ४ बजेर ० मिनेट उप्रान्त द्वितिया । नक्षत्र भरणि ३२ घडि ३६ पला, बेलुका ६ बजेर ३३ मिनेट उप्रान्त कृतिका । योग आयूस्मान ३२ घडि ५५ पला, बेलुका ६ बजेर ४० मिनेट उप्रान्त सौभाग्य । करण वव, दिउसो ४ बजेर ० मिनेट उप्रान्त बालव । आनन्दादिमा पद्य योग । चन्द्रराशि मेष । ललितपुरमा रातो मत्स्येन्द्रनाथ स्थारोहण ।
काठमाडौंमा सूर्योदय ०५ बजेर ३० मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३५ मिनेट जादा । दिनमान ३२ घडी ४१ पला

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेकै भरमा कामहरु बन्नेछन् ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । अनाबस्यक घर खर्च बढ्न सक्छ ध्यान दिनुहोला । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुने सम्भावना रहेको छ । ईच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । सवारि साधन तथा अन्य सम्पति हरु लाभ हुनेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यावसाय फस्टाएर गई आम्दानिमा बढोत्तरि हुँनेछ भने फाईदा हुँने कामको प्रस्ताव आउनेछ । रुपैया पैसा प्रशस्त कमाउँने योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको काममा अरु राम्रो गरि हाकिमहरुलाई रिजाउँन सकिनेछ ।सांगितिक माहोलमा साथिभाई तथा ईष्टमित्रसँग रम्न सकिने हुँदा दिन रमाईलो हुँनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हँुनेछ । व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । उपलब्धिबिहिन काममा समय बित्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने दाम्पत्य जीवनमा घटपट आउँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ भने तयारि बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनु होला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । आमा तथा आमा सरहका मानिसको राय सल्लाह लिएर अगाडि बढे केहि मात्रामा सफलता पाईनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियालि छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । उद्योग तथा व्यावसायमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । पराक्रम बढेर जानेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहायोग हुने हुँदा मन खुसि रहनेछ । छोटो दुरिको यात्रा तय हुनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

बोल्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । पढाई खेलाईमा ध्यान नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । व्यावसायमा समय दिए पनि सोचेजस्तो प्रतिफल प्राप्त नहोला । दाम्पत्य जीवनमा सामान्य अबिश्वास पैदा हुने हुँदा दैनिक काम गर्न जागर हराएर जानेछ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२