बि.स.२०७४ वैशाख १६ गते । शनिबार । ईश्वी सन् २०१७ अप्रिल २९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख शुक्ल पक्ष । तिथि तृतिया १४ घडी १५ पला, बिहान ११ बजेर १० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र रोहिणि २४ घडी २७ पला, दिउँसो ३ बजेर १५ मिनेट उप्रान्त मृगशिरा । योग शोभन १७ घडी ४० पला, दिउँसो १२ बजेर ३२ मिनेट उप्रान्त अतिगण्ड । करण गर, बिहान ११ बजेर १० मिनेट उप्रान्त वणिज । बेलुका ९ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि बृष । अक्षय तृतिया । त्रेतायुगादि । लु.भु.महालक्ष्मीभैरव यात्रा । धर्मघटादिदान ।
काठमाडौंमा सूर्योदय ०५ बजेर २८ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ३६ मिनेट जाँदा । दिनमान ३२ घडी ४८ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउँने अधिक सम्भावना रहेको छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पारिवारिक माहोलमा मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जाँगर बढेर आउँनेछ । सहयोगीहरुबाट आर्थिक लाभ हुँनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुँनेछन् ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ । कामगर्दा ख्याल गर्नु जरुरी देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सरकारी धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी गरि आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुँने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सवारी साधन तथा अन्य सम्पतिहरु लाभ हुँनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सत्रु परास्त हुँनेछन् भने बिद्या तथा प्रतिश्पर्धामा तपाईकै नाम आउँनेछ । व्यापार व्यवसायमा भने जस्तो नाँफा कमाउँन सकिनेछ । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने नोकरीमा पदोन्नति हुँनेछ । प्रसस्त रुपैया पैसा कमाउँने योग रहेको छ । छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसियाली छाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय खर्चिय सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक काममा कमजोर उपश्थिती रहनेछ । परिवारजनको असहयोगले नयाँ योजनाहरु थाति रहनेछन् । लामो दरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसी कुरामा विवाद सिर्जना हुँनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ  ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । व्यवसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

माया प्रेममा सामान्य खटपट हुँनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुँनेछ । सन्तान तथा छोराछोरी सँगपनि मनमुटाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । व्यापारमा लगानी गर्ने वाताबरण छैन त्यसैले व्यवसायमा नाफा कमाउँन निकै समय दिनु पर्नेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । आमा तथा आमा सरहका मानिसको राय सल्लाह लिएर अगाडि बढे केहि मात्रामा सफलता पाईनेछ । कृषि तथा पशुपालन व्यवसायबाट भने भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

 माया प्रेममा सामिप्यता बढेर जानेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुँनेछन् । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ ।

तपाईको दिन शुभ रहोस्

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२