बि.स.२०७४ वैशाख २५ गते । सोमबार । ईश्वी सन् २०१७ मे ०८ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख शुक्ल पक्ष । तिथि त्रयोदशी ४५ घडी २१ पला । बेलुका ११ बजेर ३० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र हस्त १३ घडी ०१ पला, बिहान १० बजेर ३४ मिनेट उप्रान्त चित्रा । योग बज्र २६ घडी ४१ पला, बेलुका ४ बजेर ०२ मिनेट उप्रान्त सिद्धि । करण कौलव, बिहान ११ बजेर ०४ मिनेट उप्रान्त तैतिल,बेलुका ११ बजेर ३० मिनेट उप्रान्त गर । आनन्दादिमा बज्र योग । चन्द्रराशि कन्या रातको ११ बजेर १९ मिनेट उप्रान्त तुला ।

काठमाडौंमा सूर्योदय ०५ बजेर २१ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४१ मिनेट जाँदा । दिनमान ३३ घडी १८ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै परिवारका अन्यसँगको सम्बन्धपनि मजबुत हुँनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै आफ्नो पक्षमा नतिजा ल्याउँन सकिनेछ । सत्रु परास्त हुँने तथा न्यायिक निकायबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जाँगर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुँनेछ । आफ्नो भन्दानि सामाजिक काममा समय बित्नेछ । समाजसेवामा दिन बित्नेछ भने अरुको काम गरि प्रसन्न हुँने समय रहेको छ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाति रहनेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धीहरु परास्त हुनेछन् ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कुटुम्ब तथा आफन्त सँगको सुमधुर सम्बन्धले कामहरु गर्न सहज हुँनेछ । पढाई लेखाईमा सुधार आई अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउँनेछ । व्यापार फस्टाएर जाने हुँनाले दैनिकी फेरिनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुँनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु बन्नेछन् । माया प्रेममा सामिप्यता बढ्ने तथा घर परिवारमा पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । तपाईबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथिभाईहरु खुसी हुँनेछन् । नौलो प्रकृतिको काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसी रहनेछन् ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । लामो दुरीको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानीले कामहरु बिग्रन सक्छन । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपहार प्राप्तिको योग रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा थप बिश्वासको वातावरण सिर्जना हुँनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ भने भुमि तथा पैत्रिक सम्पति लाभ हुँने योग रहेको छ । गित संगितमा ध्यान जाने तथा पढाई लेखाईमा सुभार भएर जानेछ । माया प्रेममा मन पराएको मानिस आफ्नै समिपमा रहनाले मन खुसि हुनेछ । सम्मानित कामगरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सत्रुलाई परास्त गर्दै अगाडि बढि गन्तब्यमा पुग्न सकिनेछ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथिभाई तथा आफन्तको सहयोग हुँनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसी कुरामा विवाद सिर्जना हुँनेछ । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाँढ्नेहरु धेरै भेटिनेछन् ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

एकल तथा साझेदारी व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो हुँनेछ । पारिवारिक यात्रा हुँने अधिक सम्भावना रहेको छ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुटुमा कैद गर्न सकिनेछ ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२