बि.स.२०७४ वैशाख २६ गते । मंगलबार । ईश्वी सन् २०१७ मे ०९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । बैशाख शुक्ल पक्ष । तिथि चतुर्दशी ४८ घडी २४ पला । नक्षत्र चित्रा १७ घडी ०४ पला, दिउँसो १२ बजेर १० मिनेट उप्रान्त स्वाती । योग सिद्धि २६ घडी २० पला, दिउँसो ३ बजेर ५३ मिनेट उप्रान्त व्यातिपात । करण गर, दिउँसो १२ बजेर ०३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि तुला । नृसिंह जयन्ति । स्याङजा लसर्घास्थित आलम देवी पूजा ।

काठमाडौंमा सूर्योदय ०५ बजेर २१ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४१ मिनेट जाँदा । दिनमान ३३ घडी २२ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने साझेदारहरुबाट होसियार रहनुहोला । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । खोज तथा अनुशन्धानमा अलि बढि समय खर्च गर्दा भनेजस्तो सफलता पाउँन सकिनेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

न्यायिक निर्णयहरु तपाईको पक्षमा हुँनेछैनन् भने वादविवाद तथा प्रतिश्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग विवाद बढ्ने योग रहेको छ । व्यापारमा अरुदिन भन्दा बढिनै समय लगानि गर्नु पर्ने हुनसक्छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्रस्थानमा आउँनेछ । लगनशिल तथा मेहनेतले अगाडिको बाटो पहिल्याउन सहज हुँनेछ । परिवार तथा सन्तानको साथ रहने हुँनाले काममा समय दिन सहज वातावरण पैदा हुँनेछ । आकस्मिक धन तथा सम्पति तथा भौतिक सम्पतिहरु हात लागि हुँने योग रहेको छ । पुराना समस्याहरु आफै किनारा लाग्नेछन् ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आमा वा आमा सरहका मानिसको सल्लाह तथा उपदेसलाई स्वीकार गरि अगाडि बढ्दा गन्तब्य पहिल्याउन सहज हुँनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानी हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा कमजोर भईएला । आफ्नो भन्दापनि समाजको काममा समय ब्यतित हुँदा आफ्नो काम थाति रहनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार व्यवसायमा लगानि गर्दा घाटा हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुँनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

माया प्रेममा धोका हुँन हुँनेछ भने परिवारमा झै झगडा हुँने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुँनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुँनेछ । व्यवसायमा लगानी गरेपनि आम्दानि थोरै हुँने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँनेछ । व्यापार व्यवसायमा प्रसस्त नाफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिदेशी सामानको व्यापार फस्टाएर जानेछ भने बिदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।  काम तथा अध्ययनको शिलशिलामा बिदेश यात्राको गतिलो सम्भावना रहेको छ । परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा केहि समय लगानी गरि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपहार प्राप्तिको योग रहेको छ ।   अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा थोरै समय दिदापनि मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवनसाथीको सहयोगले नयाँ नयाँ काम गर्ने उर्जा मिल्नेछ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ ।  सरकारि तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण कामहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । आफ्नो धर्म संस्कृति तथा रितिरिवाज जोगाउने काममा समय खर्च हुँनेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाँफा कमाउँने समय रहेको छ । प्रेम प्रसंगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेको छ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । पढाई लेखाईमा अलि बढि समय खर्चिदा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट प्रशस्त लाभ दिन सकिनेछ ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२