बि.स.२०७४ वैशाख २९ गते । शुक्रबार । ईश्वी सन् २०१७ मे १२ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । बसन्त ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि द्वितिया । नक्षत्र अनुराधा ३४ घडी ३५ पला, दिउँसो ७ बजेर ०९ मिनेट उप्रान्त ज्येष्ठा । योग परिध २९ घडि २७ पला, दिउँसो ५ बजेर ६ मिनेट उप्रान्त शिब । करण तैतिल, बेलुका ५ बजेर १३ मिनेट उप्रान्त गर । आनन्दादिमा राक्षस योग । चन्द्रराशि बृश्चिक । बिश्व नर्स दिवस । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४३ मिनेट जाँदा । दिनमान ३३ घडी ३१ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रेम प्रसंगमा सामान्य मनमुटाव सिर्जना हुँनेछ भने पति पत्निबिच सामान्य मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा नतिजा अरुले नै लानेछन् । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा सहनु पर्ने अवस्था आउँन सक्छ । दिदी बहिनीसँग घरायसी कुरामा विवाद सिर्जना हुनेछ भने आफन्तसँग सैद्धान्तिक राय बाजिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँन सक्छ, खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर अगाडि बढ्नुहोला ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बिहानको समय मध्यम रहेकोले न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुँनेछन् । मामा तथा मावली पक्षसँग सामान्य मनमुटाव सिर्जना हुँनेछ । आफन्त तथा सत्रुले दुख दिन सक्छन् सजक रहनुहोला । बिहान बितेपछि माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धीहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ भने उपहार तथा चिठ्ठा पर्ने योग रहेको छ । सन्तान तथा छोराछोरीको माध्यमबाट कामहरु बन्ने हुँनाले मन प्रशन्न हुँनेछ । मध्यान्हको समय त्यति राम्रो नभएकोले वादविवाद तथा प्रतिश्पर्धामा आज हुँने नतिजा तपाईको पक्षमा आउँने छैन । अप्ठ्यारा परिस्थितिको सामना गर्नु पर्ने तथा व्यापार व्यवसायमा चुनौतिहरुको फेस गर्नुपर्दा मन खिन्न हुँनेछ । मामा तथा मावली पक्षसँग मनमुटाव बढ्ने योग रहेको छ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पतिबिचको सम्बन्धमा सुधार भई एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकनेछ । बिद्या तथा प्रतिश्पर्धाको क्षेत्रमा सकारात्मक नतिजा आउँनेछ । मध्यान्हको समय मध्ययम रहेकोले पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाईनेछ ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यात्राका गर्दा होसियारी अपनाउँनु होला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्ने हुँन सक्छ । तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । व्यापार व्यवसायमा अलि बढि नै समय खर्च गर्नुपर्नेछ भने कृषि तथा पशुपालन व्यवसायबाट भने भनेजस्तो आम्दानी गर्न सकिनेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । माया प्रेममा आफ्नो मायालुलाई समय दिन नसक्दा सामान्य मनमटाव बढ्नेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामहरु प्रभावित हुँनेछन् ।  आफन्त तथा शुभचिन्तकबाट सुनिने अप्रिय समाचारले दुखि बनाउँनेछ । व्यापार व्यवसायमा नाँफा कमाउँन निकै समय खर्चनु पर्नेछ । छिमेकी तथा दाजुभाईसँग अनावश्यक कुरामा विवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्काबिच अबिश्वास पैदा हुँने तथा पति पत्निबिच मनमुटाव बढ्नेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउँनेछन् । कामहरु समयमा नै सम्पन्न हुँने हुँनाले थप काम गर्न जोस जाँगर बढेर आउँनेछ । सहयोगिहरुबाट आर्थिक लाभ हुँनेछ भने उपहार प्राप्तिको योग रहेको छ । तपाईको चुम्बकिय ब्यक्तित्वले सबैको मन तान्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानिका बाटाहरु फराकिला हुँनेछन् । बेलुकापख पारिवारिक माहोलमा सहभागि भई मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय खर्चिनु पर्नेछ । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । प्रेम प्रसंगमा रमाउँन चाहनेहरुका आजको दिन टाढै रहनु उपयुक्त हुँनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुँनेछ ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा परिणाममुखि नतिजा निकाल्न  सकिनेछ भने नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिहान बितेपछिको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ ।  अनावश्यक घर खर्च बढ्न सक्छ ध्यान दिनुहोला । न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानीले कामहरु बिग्रन सक्छ । लामो दुरीको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

बिहानको समय मध्ययम रहेकोले सरकारी तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण कामहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । बिहानपछि व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । आफन्त तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । मध्यान्हदेखि समय मध्यम रहेकोले योजनाहरु भए केहिदिनको लागि स्थगित गर्नुहोला समय त्यति उत्तम छैन । व्यापार व्यवसाय खस्केर जानेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला विवाद निम्तिन सक्छ । जागिर तथा नोकरीमा विवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाँढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मध्यान्हदेखिको समयमा सुधार भई प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२