बि.स.२०७४ जेष्ठ ०६ गते । शनिबार । ईश्वी सन् २०१७ मे २० तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९३८ । ज्येष्ठ कृष्ण पक्ष । तिथि नवमी,१८ घडि ३२ पला । दिउँसो १२ बजेर ३९ मिनेट उप्रान्त दशमी । नक्षत्र शतभिषा ४ घडि ०५ पला, बिहान ६ बजेर ५२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग वैधृति २५ घडि १४ पला,दिउँसो ३ बजेर २० मिनेट उप्रान्त विष्कुम्भ । करण गर, दिउँसो १२ बजेर ३९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा आनन्द योग । चन्द्रराशि कुम्भ । पञ्चक ।

काठमाडौंमा सूर्योदय ०५ बजेर १४ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर ४८ मिनेट जादा । दिनमान ३३ घडी ५३ पला ।

यो पढ्नुस् : २०७४ साल- बार्षिक राशिफल

mesh

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

 दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । व्यापारमा लगानि बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । पढाई लेखाईमा उल्लेख्य सुधार आई अरुलाई निकै पछाडि पारिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुँनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् ।

brish

वृष राशिTaurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ । व्यापार व्यावसायमा प्रसश्त आम्दानि गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ ।

mithun

मिथुन राशि Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्ध सुदृड हुँनेछ । व्यावसायमा लगानि गरि भनेजस्तो नाँफा कमाउँन सकिनेछ । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ ।

karkat

कर्कट राशिCancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला तपाईको योजना बिफल हुन सक्छ । पुराना लेनदेनका समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला ।

sigh

सिंह राशिLeo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

 रमाईलो तथा पारिवारिक यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने सुख दुखमा साथ दिनेहरु प्रसस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ । घर परिवार तथा आफन्तको साथ सहयोगले काममा उत्साह जाग्नेछ । माया प्रेममा सुमधुरता बढेर जानेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा प्रगति हुँनेछ ।

kanya कन्या राशिVirgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार व्यावसायमा लगानि बढाएर प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । वादबिवाद सिर्जना भए मुद्दा मामिलामा तपाईकै जित हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम रहेनेछ । मावलि पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ ।

tula

तुला राशि Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिवार तथा सन्तानको साथ रहने हुँनाले काममा समय दिन सहज बाताबरण पैदा हुँनेछ । आकस्मिक धन तथा सम्पति हरु हात लागि हुँने योग रहेको छ । पुराना समस्याहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि बडाउँन सहज हुँनेछ । लगनशिल तथा मेहनेतले अगाडिको बाटो पहिल्याउन सहज हुँनेछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ ।

brishchik

वृश्चिक राशिScorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

dhanu

धनु राशिSagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउँदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउँन सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुँनुको साथै पुरस्कार जित्न सकिनेछ । प्रतिश्पर्धिको मनोबल गिराउँदै उपलब्धि हात पार्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् ।

makar

मकर राशिCapricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई संगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । प्रतिश्पर्धामा अरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगति भएर जानेछ । व्यापार व्यापार फस्टाएर जानेहुँनाले थप लगानि गर्ने वाताबरण बनेर जानेछ ।

kumbhaकुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । समयको सहि सदुपयोग तथा अनुशासित भएर कामगरि सम्मानित स्थान प्र्राप्त गर्न सकिनेछ । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ ।

min

मीन राशिPisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

 व्यापार व्यावसायमा नोक्सानि बेहोर्नु पर्नेछ भने बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुँने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुनेछ भने उपचार खर्च बढेर जानेछ ।

taranath-bhandari-1558396यूवा ज्योतिषी तारानाथ भण्डारी
ज्योतिष परामर्श सेवा केन्द्र
काठमाडौं फोन नं .९७४१०६८९६२