काठमाडौं ।

आज राति खग्रास सूर्यग्रहण लाग्दैछ । नेपाली समय अनुसार राती ९ बजेर ३० मिनेटमा शुरु भएर २ बजेर ४९ मिनेटसम्म सूर्यग्रहण लाग्ने बताइएको छ ।

नेपालमा रात पर्ने भएकोले सूर्य ग्रहण देखिने छैन । ग्रहण लागेको बेला दिउँसो हुने देशहरुबाट यो ग्रहण देख्न सकिने छ । खासगरी अमेरिकामा खग्रास सूर्य ग्रहण लाग्दै छ ।

यो सूर्यग्रहणलाई ‘ग्रेट अमेरिकन इक्लिप्स’ नाम दिइएको छ । दुई हप्ताअघि मात्र चन्द्रग्रहण लागेको थियो । ज्योतिषशास्त्रका अनुसार, चन्द्र र सूर्यग्रहण खगोलीय घटना भएपनि यिनीहरुको असर मानिसको जीवनमा पर्ने गर्छ । तर, ग्रहण नदेखिने स्थानमा भने यसको असर नपर्ने खगोलविदहरुले बताएका छन् ।