१२ बैशाख, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले अभिभावकहरुको ढाड सेक्नेगरी कक्षा १ देखि १० सम्म मनोमानी तवरले शुल्क बढाएको विषयमा सरकारको ध्यानाकार्षण गराएपनि कुनै सुनुवाई नभएको भन्दै आजदेखी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।

संगठनले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा आज देशभरका जिल्ला शिक्षा कार्यालय घेरा उगर्ने, भोली चर्को शुल्क लिने नीजी शैक्षिक संस्थाको लेखा र प्रशासन शाखा तालाबन्दी गर्ने, बैशाख १४ गते प्याव्सन र एनप्याव्सनका केन्द्र जिल्ला कार्यालय तालाबन्दी गर्ने रहेका छन् । त्यस्तै आन्दोलनका अवधिमा संयुक्त विद्यार्थी संगठनका तर्फबाट स्कूलहरुको शुल्क अनुगमन गर्ने पनि उनीहरुले जानकारी दिएका छन् ।

त्यस्तै १८ फागुनमा क्याम्पसमा हुन नसकेका स्वबियु निर्वाचन जेष्ठ मसान्तपछि गर्न त्रिबिलाई संयुक्त विद्यार्थी संगठनको तर्फबाट ध्यानाकर्षण गराउनेपनि उनीहरुले जनाएका छन् ।