८ जेठ, काठमाडौं ।

बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । शुक्रबार पनि दिउसो एक पराकम्पन भएको छ ।

8 gate

आजको पराकम्पन २ बजेर ४६ मिनेटमा नुवाकोट केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विहीबार ३ वटा पराकम्पन भएका थिए ।

अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।