४ असार, काठमाडौं ।

आईसीसी च्याम्पियन्स ट्रफीको उपाधीका लागि आज चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिड्दैछन । खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे ओभलमा शुरु हुनेछ ।

यी दुई देशबीचको खेललाई विश्वमै सबैभन्दा बढी चासोका साथ हेरिन्छ । भारतले बंगलादेशलाई र पाकिस्तानले आयोजक इग्ल्याण्डलाई हराउँदैं फाईनल प्रवेश गरेका हुन् । समूह चरणमा भने भारतसंग पाकिस्तान पराजित भएको थियो ।

अहिलेसम्मका च्याम्पियन्स ट्रफीका चार खेलमा दुवै टोलीले दुई दुईमा जित हासिल गरेका छन । भारत व्याटिङ्गमा र पाकिस्तान बलिङ्गमा अब्बल मानिएको छ ।

सन् १९९८ देखि शुरु भएको प्रतियोगिता अन्तरगत भारतले दुई पटक उपाधी जितेको छ । भारत र पाकिस्तानबीचको खेल दुई देशका समर्थकका लागि मात्र नभएर संसारभरकै क्रिकेट प्रेमीले चासोका साथ हेर्छन ।

यी दुई देशबिचको आपसी सम्बन्धसँगै खेल पनि निकै चर्चामा रहने गर्दछ । भारत र पाकिस्तानका विभिन्न ठाउँमा आज सार्वजनिक स्थानमा खेलको लाईभ हेर्नका लागि ठूलो पर्दाको व्यवस्था गरिएको छ ।

यो पढ्नुस्:

भारत-पाकिस्तान म्याच: विज्ञापनको रेट १० गुणा बढ्यो, ३० सेकेन्डको १ करोड