१० चैत, काठमाडौं ।

साता ब्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष माओत्से तुङको स्मृति भवन अवलोकन गर्दैछन् ।

ओलीले माओ स्मृति भवनमा पुष्पमाला अर्पण गर्ने कार्यक्रम छ । बेइजिङबाट हेनान पुगेर ओलीले आज विभिन्न सांस्कृतिक स्थलको पनि अवलोक नगर्ने कार्यक्रम छ ।

oli china with PM

प्रधानमन्त्रीले भोली हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य स् नवीन आयाम, नवीन दृष्टिकोण’ विषयक सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्नेछन् ।

चीनसँग भएको सम्झौताबारे भारत बोल्यो

चिनियाँ राष्ट्रपतिको सन्देश- आन्तरिक मामिलामा कहिल्यै पनि हस्तक्षेप गर्दैनौं

सोही दिन दिउँसो उनले सान्याको नान्सान उद्यानस्थित नेपाल मण्डपको भ्रमण गर्ने कार्यक्रम छ । ओलीले सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा प्रान्तीय एवं नगरपालिकाका नेताहरूलाई भेट्नुका साथै व्यापारी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणको सिलसिलामा सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत अयोजनाको अवलोकन गर्ने बताइएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिनिधमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।