१६ भदौ, काठमाडौं ।

हिजो राती जस्तै आज पनि राती भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ । हिजो रातीको गड्याङगुडुङले धेरैलाई सुत्न दिएको थिएन ।

पूर्वी नेपालको मौसम अहिले सामान्य रहेपनि बेलुकी र राती केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ष्ठले बताए । अहिले काठमाडौं सहित देशका पहाडी क्षेत्रमा मौसम बद्ली भएको छ ।

मध्य र पश्चिम तराईका केही ठाउँमा भने अहिले पनि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज मौसम बद्ली हुने र दिउँसो तथा बेलुकीपख हल्का पानी पर्ने अनुमान मौसम विभागको छ ।