१४ मंसिर, एजेन्सी ।

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको नकआउट चरणमा पुगेको छ । गएराति भएको दोस्रो लिगमा रियल मुर्सिया विरुद्ध पाँच शुन्यको जीत निकाल्दै समग्रमा आठ शुन्यको जीत सहित बार्सिलोना अन्तिम सो¥हमा पुगेको हो ।

तस्विर: एपी

पहिलो लिगमा पनि बार्सिलोनाले तीन शुन्यको जीत निकालेको थियो । दोस्रो लिगमा बार्सिलोनालाई जिताउने क्रममा पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल, डेनिस स्वारेज र जोसे अर्नाइजले एक–एक गोल गरे ।

अन्य खेलमा जीत निकाल्दै सेभिल्ला, एथ्लेटिको मड्रिड र लास पालमस पनि नकआउट चरणमा प्रवेश गरेका छन् । एथ्लेटिको बिल्बाओ र रियल सोसिडाड भने प्रतियोगितावाट बाहिरिएका छन् ।