९ असोज, एजेन्सी ।

पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी दिएको भारतको महाराष्ट्र नवनिर्माण सेना पार्टीले एक भारतीय रेडियोलाई पाकिस्तानी गायक आतिफ असलमको अन्तर्वार्ता प्रसारण रोक्न बाध्य पारेको छ ।

राज ठाकरेको महाराष्ट्र नवनिर्माण सेनाले रेडियो मिर्चीमा प्रसारण हुन लागेको पाकिस्तानी गायक आतिफ असलमको अन्तर्वार्ता रोक्न बाध्य तुल्याएको हो ।

atif aslam

महाराष्ट्र नवनिर्माण सेनाले रेडियोलाई धम्क्याएपछि अन्तर्वार्ता रोकिएको हो । महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ता रेडियोमै पुगेर अन्तर्वार्ता रोकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी

भारत र पाकिस्तानबीच तनाव बढिरहेको समयमा २ दिन अघी महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी दिएको थियो । कलाकारहरुले भारत नछोडे आफ्नै तरिकाले निकालेर फ्याँक्ने चेतावनी समेत नवनिर्माण पार्टीले दिएको छ ।

मोदीले पाकिस्तानी नेतालाई भने, हजार वर्ष लड्छु भन्नेहरू हिजोदेखि कता हराए !

राज ठाकरेको पार्टी एमएनएसले सबै कलाकारले ४८ घण्टा भित्र देश छोड्नु पर्ने अन्यता आफ्नै हिसावले कारवाही गर्ने चेतावनी दिएपछि कलाकारहरु दवावमा परेका छन् ।

भारतमा सयौंको संख्यामा पाकिस्तानी कलाकारको बसोबास छ । भारतमा कतिपय पाकिस्तानी गायकहरु भारतीय भन्दा पनि लोकप्रिय मानिन्छन् ।

भारतीय सैनिक उच्च अधिकारीद्वारा प्रधानमन्त्री मोदीसँग भेट

स्मरण रहोस् अन्तर्वार्ता रोकिएका पाकिस्तानी गायक आतिफ असलम भारतमा मात्र होइन नेपालमा पनि लोकप्रिय छन् । उनी केही समय अघि काठमााडौं आएर कन्सर्ट समेत गरेका थिए ।