एजेन्सी ।  फेसबुक सिईओ मार्क जुगरबर्गले ‘सुसाइड प्रीभेसन’ नामक एक टुल फेसबुकमा जारी गरेका छन्, जसले मानिसलाई आत्महत्या गर्नबाट राक्ने छ । यो टुल फेसबुक लाइभ(प्रत्यक्ष) भिडियोमा हुनेछ, जसले व्यक्तिलाई सही समयमा मद्दत मिल्न सकोस् ।

यस टुलको जानकारी दिँदै मार्कले भनेका छन्, ‘यो टुलले मानिसलाई आत्महत्या गर्नबाट रोक्नेछ र यदि प्रयोगकर्ता परिवार तथा साथीसँग कुरा गर्न चाहेमा उसलाई त्यही समय लाइभ(प्रत्यक्ष) जोड्न सकिनेछ ।’

यसरी गर्छ काम : लाइभ भिडियो अवधिमा यस टुलको सहयोगले मानिससँग जोड्नका लागि विकल्प दिइने छ । त्यसका लागि केही टिमको गठन गरिने छ, जसले फेसबुक प्रयोकर्ताको गतिविधिमाथि निगरानी राख्नेछन् । यो टिमले त्यस्तो व्यक्तिहरुलाई मद्दत गर्नेछन्, जसले आफूले आफैँलाई नोक्सान पुर्याउने कोशिस गर्छन् । यो टुलले प्रयोगकर्ताको त्यस्ता व्यक्तिसँग सम्पर्क गर्नेछ जो उसलाई हेरचाह गर्छ । फेसबुक लाइभको समयमा प्रयोगकर्तालाई तीन वटा विकल्प देखाइन्छ, पहिलो हेल्पलाइन कन्ट्याक, टिप्स र साथीसँग कुरा गर्न ।