भन्ने गरिन्छ, ‘जीवन एउटा यात्रा हो, एउटा स्कुल जस्तो हो, हामी केही सिक्नको लागि जन्मेका हौं, केही अनुभव बटुल्न आएका हौं’। हिन्दु विश्वास अनुसार ‘यो जीवन पाउनको लागि लाखौं जुनी पार गरेर, विभिन्न वस्तु, रुख, वुट्यान, जनावर आदि हुदै मानवको रुपमा जन्मेका हौं।’ यो जीवन पश्चात पनि अनेकौं जीवन अझै बाँकि नै छन्, सिक्न अझै बाँकि छ। यतिका जीवन पार गरेर आएकै हौं भने हाम्रो आत्माको उमेर चाँहि कति त? पुर्नजन्मको कुन चरणमा हुनुहुन्छ तपाई?

तपाइको आत्माको उमेर थोरै कि धैरै? तन्नेरी नै छ कि अलि पाको छ?

Soul Article represntation (3)

हामीलाइ के कुराले अरु भन्दा भिन्न बनाउँछ? कोही सन्त जस्ता, कोही शक्तिको भोका, कोही बच्चा जस्ता उमेर बच्चा नभए पनि; मानिसलाइ फरक कसरी हुन्छ एकअर्को भन्दा? तपाइले पुर्नजन्ममा विश्वास गर्नुहुन्न भने पनि यी केही ‘आत्माको उमेरको सिद्धान्त’ हरु भने धेरै मानिसहरुमा लागु हुन्छ।

के तपाइको पुर्वजन्म भएको थियो? पुर्वजन्मका १४ प्रमाण

ठ्याक्कै आत्माको उमेर भन्न नसकिए पनि आत्माका बिभिन्न उमेरका सम्बन्धमा प्रचलित विषेशताहरु भने यसप्रकार छन्। यी विषेशताहरु विभिन्न संस्कृतिका विश्वास अनि बिभिन्न धार्मिक ग्रन्थहरु बाट उब्जिएका प्रसंगहरुमा केन्द्रित छन्।

के हो आत्माको उमेर?

बिभिन्न पुर्नजन्मका सिद्धान्त अनुसार, मानिससंग जीउन र सिक्नको लागि एकमात्र जीवन हुदैन। मानिससंग कयौं जीवन हुन्छ सिक्न, जान्न अनि परिपक्व बन्न। जब सबै जन्महरु पार गरिन्छ तब मानिसहरु ब्रह्मांण्ड अनि यसको अनन्त चेतनामा फर्कन स्वतन्त्र हुन्छन्। जसलाइ बिभिन्न शब्दहरुले पुकारिन्छ, ‘निर्वाणा’, ‘स्वर्ग’, ‘वैकुंठ’, ‘परलोक’ आदि।

६ ‘प्राण युग’ (आत्माको उमेरको चरण) अनि व्यक्तित्व

Soul Article represntation (4)

आत्माको विभिन्न चरण अनुसार व्यक्तिको व्यवहार फरक हुने गर्छ। सहानुभूति, समझ र अन्तरदृष्टि मानिसको जीवन कस्तो भयो भनि मापन गर्ने कडी हो। यो तीन कुरा आत्माको उमेरको चरण अनुसार फरक फरक हुन्छ। यी ६ प्राण युगको बारेमा हेर्नुहोस् अनि तपाइ आफु कहाँ छु भनेर मनन गर्नुहोस।

शिशु प्राण

Soul Article represntation (1)

नयाँ जन्मेका आत्माहरु हुन् शिशु प्राण। शिशु प्राणका व्यक्तिहरुलाइ अन्यले बुझ्दा, घमण्डी, खेलाँचि गरिरहने, तथा जीवनमा जटिल स्थिति आउँदा पनि निर्दोषी व्यवहारका हुन्छन। मन चञ्चल हुन्छ यस्तो व्यक्तिहरुको। जीवनलाइ खुसीको रुपमा लिएका हुन्छन, जिज्ञासु हुन्छन, हिम्मतिला हुन्छन् अनि दृष्टीकोण अत्यन्त सकारात्मक हुन्छ। उनीहरुको लागि जीवन केवल एउटा प्रश्न हुन्छ जुन समाधान गर्नतर्फ लाग्छन पनि। प्रकृतिको नजिक हुँदा खुसी हुन्छन। यस्ता व्यक्तिहरु जीवनको अर्थ सोच्न तर्फ हैन जीउनको मज्जा लिन तर्फ केन्द्रित हुन्छन्। उनीहरु आफ्नो संस्कृति, धर्म तथा विश्वासहरुलाइ प्रश्न गर्ने गर्दैनन। जीवन एउटा नौलो अनुभव हुन्छ, सबै चीज नयाँ लाग्छ यस्ता व्यक्तिलाइ।

के तपाइको आत्मा शिशु आत्मा हो?

शिशु आत्मा कुनै आघात पुगेको हुदैन। पुरानो जीवनको कुनै पनि अनुभव भएको हुँदैन। हेरक कुरा नयाँ हुन्छ। जीवनलाइ अत्यन्त सरल तरिकाले बुझ्छन् यी व्यक्तिहरु। तर ‘सभ्य समाज’ संग घुलमिल हुन गाह्रो हुन्छ। सामाजिक व्यवहार कमजोर हुन्छ यी व्यक्तिहरुको। थाहै नपाइ समाजमा गर्न हुन्न भन्ने कार्य गरिरहेका हुन्छन्, जसको उनीहरुलाइ खासै हेक्का रहदैन।

बच्चा प्राण

Soul Article represntation (2)

यो आत्माको दोस्रो चरण हो। अविकसित नै हुन्छ यस्तो आत्मा पनि। यस्तो आत्माका व्यक्तिहरुले अर्थ खोज्ने गर्दछन्, स्थितरा खोज्ने गर्छन् यो अस्तव्यस्त अनि अस्थिर संसारमा। कहिले काहीँ जानी जानी सामाजिक तथा जीवनका नियमहरु तोड्ने पनि गर्छन। तर पनि पश्चाताप गर्ने गर्छन्, आफैमा दोष देख्नछन् आफ्नो कार्यको लागि।

कस्तो हुन्छ बच्चा आत्मा हुनेको व्यवहार?

सामाजिक मूल्य मान्यता तथा अवस्थालाइ अत्यन्त प्रमुख मान्नछन यस्ता व्यक्ति। जीवननै सुरक्षा र सामाजिक संरचना को लागि सुम्पने गर्छन्। यस्ता व्यक्तिहरु सामान्यतया पुरातनवादी, पर‍परावादी, धार्मिक अनि कानुनी व्यवस्थामा अत्यन्त ध्यान दिने खालका हुन्छन। आत्मा अझै अपरिपक्वनै भएता पनि आफुले अनि अन्यले गर्न हुने वा नहुने कार्यहरु प्रति अत्यन्त सजह हुन्छन। केही जीवनको मात्र अनुभव भएको हुनाले समाजको संरचना सहि हुँदा जीवन सहज हुन्छ भन्ने सिकेका हुन्छन् यस्ता आत्माले।

युवा प्राण

Soul Article represntation (5)

युवा आत्माहरु साहसिक हुन्छन, जिज्ञासु हुन्छन् अनि केही विद्रोही स्वभावका हुन्छन। यस्ता आत्माहरु दृढ़ संकल्पी हुन्छन्। प्रत्येक कुरामा आफ्नै एउटा धारणा बनाएका हुन्छन्, अन्यले भनेको मनपराउदैनन। अन्य व्यक्तिले यस्तो गर्नुपर्छ भन्दा पनि नमान्ने अनि रिसाउने प्रवृतिका हुन्छन। अहंकारी पनि हुन्छन् केही। अनि विश्वमा आफुलाइ चिनाउन प्रतिबद्ध हुन्छन। सांसारीक दुनियाको केही आकर्षण, धन, इज्जत, शक्ति, चतुरता तर्फ आकर्षित हुन्छन युवा प्राण। तर अन्य चरणका आत्माहरु भन्दा बढी मृत्युको डर मान्ने गर्छन् युवा आत्मा।

कस्तो हुन्छ युवा आत्मा हुनेको विशेषता?

वातावरण खैलाबैला गर्ने प्रवृति हुन्छ यस्तो व्यक्तिको। यस्तो आत्मा स्वतंत्रता खोज्छन्, आफ्नो खुट्टामा उभिनुपर्छ भन्ने सोचका हुन्छन। सामाजिक इज्जत अनि धन कमाउने प्रमुख ठान्छन्। युवा आत्माहरु विश्वमा हुने ठुला ठुला परिवर्तनको भागिदार हुन। विश्वले प्राप्त गरेको उल्लेख्य कुराहरु युवा आत्माले गर्दा हो। कामप्रति लगनशील हुन्छन् अनि आफुलाइ के प्राप्त गर्नुछ, त्यो प्रष्ट देखेरै अगाडी बढ्ने गर्दछन्।

परिपक्व प्राण

Soul Article represntation (6)

परिपक्व आत्माहरु ती हुन् जसलाइ जीवनमा केही पाउनको लागि मेहेनत नै गर्नुपर्छ भन्ने थाहा हुन्छ। यस्तो आत्माहरु आफ्नो कामबाट नहट्ने हुन्छन, तर अन्य भन्दा बढी नै दुख भोग्छन् अनि चिन्ता बढी लिने गर्छन्। यी व्यक्तिहरु सामान्यतया आफ्नो समस्याको लागि अन्यको मद्धत चाहदैनन। यस्तो आत्माहरु उदार, सम्बन्ध-केन्द्रित अनि दुरदर्शी हुन्छन्। चर्चा र इज्जत पाउनको लागि खासै केन्द्रित हुदैनन तर जीवनमा चर्चित र इज्जत भने पाउँछन्। मनौवैज्ञानिक तवरले भन्दा, यस्ता व्यक्तिहरुमा अहंकार कम हुने गर्छ र कुनै पनि कुरालाइ धेरै कोणबाट सोच्न सक्ने हुन्छन।

कस्तो हुन्छ परिपक्व आत्माको विशेषता?

आफ्नो बलिदान अथवा कठिन अवस्थामा रहनाले पछि शक्तिशाली भइन्छ भन्ने विश्वासले परिपक्व आत्माहरु कहिले कहिले नचाहिदो सम्बन्धमा पनि रहने गर्छन्।
यस्ता आत्माहरु विचारशील, संवेदनशील अनि सहानुभुतीले भरिएका हुन्छन। भावानात्मक रुपले उच्च हुन्छन्। यस्ता व्यक्तिहरु उदार हुन्छन्, समावेशी हुन्छन् अनि कुनै पनि पुर्वाग्रहलाइ स्वीकार नगर्ने हुन्छन्।

वृद्ध प्राण

Soul Article represntation (7)

परिपक्व आत्मा र वृद्ध आत्माको एउटै फरक भनेको, परिपक्व आत्मा गहिर्याइमा जान्छन् भने वृद्ध आत्मा उचाइमा जाने हुन्छन। यस्तो आत्मा बुद्धिमान हुन्छन्, धैर्यवान हुन्छन, सबैकुरा तौलेरमात्र गर्ने हुन्छन्। सानो सानो समस्याले जीवनमा अल्झिने गर्दैनन। प्रत्येक अवस्थालाइ राम्रोसंग छुट्याएर बुझ्ने गर्छन्। व्यक्तिवादी हुन्छन् यस्तो आत्मा। आफु बाहेक आफ्नोलागि अरु कसैले गर्न मिल्दैन भन्ने सोच भएका हुन्छन। अर्थहीन कुराहरुको पछाडी आफ्नो समय बर्बाद गर्दैनन यस्ता आत्माहरु। आफुले भेट्न नसक्ने लक्ष्य अनि चर्चा र सम्पतिको पछाडी समय नफाल्ने प्रवृतिका हुन्छन। यस्ता व्यक्तिहरु अत्यन्त सक्षम हुन्छन् चाहे गरेको काम मननै किन नपरेको होस।

के तपाइ वृद्ध आत्मा हो?

यस्तो आत्माको व्यक्तिको लागि सांसारिक दुनियाँमा केहि कुरा नौलो हुदैन। खालीपनको महसुस गर्छन् अनि मनको आरामको लागि मनको घरको खोजीमा हुन्छन् यस्ता व्यक्तिहरु। दैनिकी अत्यन्त नीरस हुने गर्छ, किनकी केही चिजले पनि आश्चर्यमा नपर्ने हुन्छन्। वृद्ध आत्मा विस्तारै आध्यात्मिक हुने गर्छन्। कयौं सांसारिक जीवन बिताइसकेको आत्मालाइ अब सांसारिक वस्तुमा कुनै चाख हुदैन। यस्ता आत्मा अब आफुलाइ नै बुझ्नतर्फ केन्द्रित हुन्छन। व्यक्तिवादी हुनुको अर्थ हुन्छ, आफु बाहेक आफ्नो लागि अरु कोही हुदैनन भन्ने बुझ्नु हो।

प्राचीन आत्मा

Soul Article represntation (8)

प्राचीन आत्माहरु समस्याको जड थाहा पाउन सक्ने व्यक्तित्वका हुन्छन। कुराको गहिर्याइ थाह पाउनको लागि पर्याप्त ज्ञान हुन्छ यस्ता व्यक्तिसंग। यस्ता व्यक्तिलाइ जीवन कसरी व्यतित गर्ने भन्ने कुराको राम्रो जानकारी हुन्छ। पुराना जन्मबाट सिकेका सांसारिक अनि आध्यात्मिक ज्ञानहरुको कारण आफुलाइ कसरि प्रस्तुत गर्ने भन्ने राम्रोसंग जानेका हुन्छन। यस्ता आत्मा भएका मानिसहरु सामान्यतया अन्यलाइ आध्यात्मिक अनुभव बाड्न जन्म लिएका हुन्छन्।

मानिसको उमेरले आत्माको उमेर तय गर्दैन। आत्मा कुनै अलौकिन चिज पनि हैन। आत्मा नै व्यक्ति हो। शरिर त केवल आत्माको एउटा सांसारिक घर मात्र हो। तर त्यहि सांसारिक शरिरको कार्यबाट नै आत्माको परिपक्वता झल्काउन सकिने हुन्छ। अनि आत्माको परिपक्वताको लागि कयौं जन्म कुर्नुपर्छ भन्ने हुदैन। तपाइको कार्यको फलले आत्मामा परिपक्वता ल्याउछ। हिन्दु विश्वास अनुसार, धर्म गरे स्वर्ग अनि अधर्मले नर्क पुगिन्छ भन्ने छ। स्वर्ग र नर्क कुनै ठाँउ हैन। यो त केवल आत्माको परिपक्वता दर्शाउन अनि लक्ष्य के हो भनि बुझाउन प्रयोग गरिने शब्द हुन। राम्रो गरे राम्रै फल मिल्छ। जसरी आगोको धर्म पोल्ने वा जलाउने हुन्छ, त्यसरीनै आफ्नो राम्रो कामले राम्रो नै गर्छ। वैज्ञानिक दृष्टी बाट हेर्दा, पदार्थ नष्ट हुन सक्दैन बरु अन्य रुपमा परिवर्तन गर्न सकिन्छ भन्ने छ। तपाइको सोच अनि विचार पनि त्यसैगरि नष्ट नहुने शक्ति हुन। तपाइको मष्तिस्कमा गडेका अनि लुकेका शक्तिशाली विचारले नै अर्को जन्म हुन्छ भनि विश्वास गरिन्छ।

पुनर्जन्म अनि आत्माका सम्बन्धि यस्ता प्रसंगहरु केवल चलिआएका विश्वास अनि विभिन्न धार्मिक ग्रन्थहरुको प्रभावले उठेका कुराहरु मात्र हुन्। विश्वास गर्ने नगर्ने व्यक्तिगत धारणामा भर पर्छ। तर यो कुरा भुल्न हुदैन कि आफ्नो कामको परिणाम आफैले नै भोग्नुपर्छ। त्यसैले राम्रोकाम गरौ, अरुको मद्धत गरौं, सहानुभुती राखौ; यहि नै धर्म हो।