१७ फागुन, बुटवल । छैटौ नेपाल अन्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सवको बिहीबार बुटवलमा उद्धघाटन गरिएको छ ।
विगत ५ वर्षदेखी हुदै आईरहेको महोत्सवमा थारु, नेवारी, तामाङ, गुरुङ, मगर लगाएतका जातीहरुको विशेष चलचित्रहरू प्रर्दशन गरिने छ । सामाजिक संस्कृति मौलिक संस्कृति, धर्म र परम्परालाई विषयवस्तु बनाएर निर्माण गरिएका चलचित्रहरु १९ गतेसम्म चल्ने कार्यक्रम संयोजक दिलु प्रसाद थापाले बताए । कलाकार तथा रगंकर्मी दया हाङ राईको प्रमुख अतिथ्यतामा उद्धघाटन कार्यक्रममा चलचित्र निर्माता खगेश्वर पुन, पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष दिपक ज्ञवाली, मगर चलचित्र कर्मी मेजन पुन मगर, संजोग लाफा मगर लगायतको उपस्थिती रहेको थियो ।