२५ मंसिर, कोलम्बो (श्रीलङ्का) । श्रीलङ्कामा सरकारीस्तरमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धतासहित दुई वर्ष पहिला नेतृत्वमा आएका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले शुक्रबार मुलुकका आधाभन्दा बढी सार्वजनिक खरिद सम्झौतामा भ्रष्टाचार तथा घुस लेनदेन हुने गरेको बताएका छन ।

राष्ट्रपति सिरिसेनाले यस विषयमा आफ्ना पूर्ववर्तीका पालामा भएका भनिएका भ्रष्टाचार मुद्दामाथि कारबाही चलाउन निर्देशन दिएको जानकारी दिँदै भ्रष्टाचार मुद्दा को कोमाथि चलाइने छ भन्नेबारे जानकारी गराउँदा भोलिदेखि नै चक्काजाम र हड्ताल घोषण हुन्छ त्यसकारण नाम सार्वजनिक नगर्ने तर प्रतिबद्धताअनुरुप कारबाही चलाइने बताए ।

Maitripala Sirisena

संस्थागत घुस लेनदेन तथा भ्रष्टाचारको अझै पनि सरकारी सङ्घसंस्थामा सोचेअनुरुप सुधार ल्याउन नसकिएको कुरा भन्नुपर्दा मलाई हीनताबोध हुन्छ तर यथार्थ यही हा, भ्रष्टाचारविरोधी अभियन्तासँगको सार्वजनिक भेलामा राष्ट्रपतिले भने । उनले आफ्नो अडान अनुसार काम गर्दै जान प्रतिवद्धता भने कार्यक्रममा जाहेर गर्नुभयो साथै यसमा प्रहरी तथा भ्रष्टाचारविरोधी अधिकारीले साथ दिनेमा विश्वास व्यक्त गरे ।

“हामी भन्छौँ भ्रष्टाचार नियन्त्रण गर्न टेन्डर आह्वान गर तर वास्तवमा टेन्डर (खरिद सम्झौता) प्रक्रिया नै भ्रष्ट छन्,” उनले थपे, “करिब ५० प्रतिशतभन्दा बढी यस्ता सम्झौताका समयमा भ्रष्टाचार हुने गर्छ ।”

सन् २०१५ को जनवरीमा पूर्व राष्ट्रपति महिन्दा राजापक्षलाई पराजित गर्दै सत्तामा पुगेका राष्ट्रपति सिरिसेनाले वर्तमान संयुक्त सरकारका प्रधानमन्त्री रनिल विक्रमासिंगेलगायतका भ्रष्टाचारविरोधी उच्च अधिकारीलाई राजनीतिक आवरणमा जोगाउन खोजेको आलोचना हालैका दिनमा उनीमाथि लगाइने गरेको छ । रासस/एएफपी