एजेन्सी । अमेरिकाले आप्रवासीहरुलाई प्रवेश दिने विषयमा आफ्ना केही विद्यमान कानूनहरु परिमार्जन गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलै बैध वा अबैधरुपमा प्रवेश गर्ने आप्रवासीहरु मध्येबाट व्यवसायिक सीप भएका व्यक्तिलाई प्राथमिकता दिने गरी कानून संशोधनको तयारी गरेको अधिकारीहरुले बताएका छन् ।

उच्च योग्यता, प्राविधिक क्षेत्रको योग्यता, अंग्रेजी बोल्न सक्ने र अन्य व्यवसायिक योग्यता भएको व्यक्तिलाई बैध वा अबैध रुपमा समेत सहजरुपमा अमेरिका प्रवेश दिनेगरी कानून संशोधन गर्न लागिएको अधिकारीहरुको भनाई छ । । अहिले मेक्सिकोसहितका सीमा क्षेत्रमा कडाई गरिरहेको अमेरिकाले त्यसरी अबैध रुपमा अमेरिका प्रवेश गर्नेहरुको समेत लगत राखेर योग्यता छुट्याउने तयारी गरेको हो ।

ट्रम्पले अघि सारेको नयाँ प्राबधानमा भने रिपब्लिकन नेताहरुकै प्रतिक्रिया बाझिएको छ । अमेरिकामा नयाँ राष्ट्रपतीय चुनावको तयारी हुँदै गर्दा आप्रवासन सम्बन्धी मुद्दा महत्वपूर्ण बन्दै गएको हो । यो व्यवस्थाका कारण विभिन्न माध्यमबाट अमेरिकामा गई ग्रिनकार्डको पर्खाई गरिरहेका लाखौं विदेशी नागरिकहरु पनि प्रभावित हुन सक्ने ठानिएको छ ।