५ कात्तिक, एजेन्सी।
अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले चुनाव परिणाम स्वीकार नगर्न सक्ने भनी दिएको अभिब्यक्तिको राष्ट्रपति बराक ओबामाले चर्को आलोचना गरेका छन् ।obama-trump-15285478

यो पढ्नुस्: मैले जिते मात्र नतिजा स्वीकार गर्छु: ट्रम्प

ओबामाले ट्रम्पको अभिव्यक्ति प्रजातन्त्रका लागि खतरनाक भएको टिप्पणी गरेका हुन् ।

चुनावै नभएको र विगतका चुनावमा धाँधली भएको एउटै पनि प्रमाण नदिइ ट्रम्पले चुनावको वैधतामाथि आशंका उत्पन्न गराउन खोजेको ओवामाको आरोप छ।

प्रतिद्वन्द्वी हिलरी क्लिन्टनसँगको अन्तिम टेलिभिजन बहसमा ट्रम्पले हिजो मतदानमा पराजित भए नतिजा स्विकार गर्ने प्रतिबद्धता जनाउन अस्वीकार गरेका थिए।