हिन्द महासागरले घेरिएको देश अष्ट्रेलिया आफैमा आफैमा एक महादेश हो। ७६ लाख ९२ हजार २४ वर्ग किलोमिटर क्षेत्रफल रहेको अष्ट्रेलियाको राजधानी क्यानबेरा हो भने सबैभन्दा ठुलो सहर सिड्नी हो। अष्ट्रेलिया विश्कै १२ औं धनी देशमा पर्दछ। सन् २०१४ को तथ्यांक अनुसार प्रति व्यक्ति आयमा यो विश्वको पाँचौं देशमा आउँछ। सेना र सुरक्षामा अष्ट्रेलियाले गर्ने खर्च हेर्ने हो भने यो विश्वको १३ औं देशमा पर्छ। अब पढ्नुस् अष्ट्रेलियाको बारेमा २२ रोचक जानकारी।

australia facts (5)

  • ८५ प्रतिशत भन्दा बढी नागरिक समुन्द्री किनाराको ५० किलोमिटर दुरी भित्र बस्दछन्।
  • सन् १८८० मा मेलवर्न विश्वकै सबैभन्दा धनी शहर थियो।
  • जिना रिनेहार्ट, अष्ट्रेलियाकी सबैभन्दा धनी महिलाको प्रत्येक आधा घण्टा कमाइ १ मिलियन डलर रहेको छ। अर्थात प्रति सेकेन्ड ५९८ डलर।
  • महिलालाई भोटको अधिकार दिने अष्ट्रेलिया विश्वको दोस्रो देश हो। महिलालाइ भोटको अधिकार दिने सुरुवाती देश न्युजील्याण्ड हो।
  • अष्ट्रेलियान निकै कम जनघनत्व भएको देश हो। ब्रिटेनको प्रति वर्ग किलोमिटरको जनघनत्व २४८.२५ रहेको छ भने अष्ट्रेलियाको २.६६।
  • अष्ट्रेलियाको पहिलो प्रहरी फोर्स राम्रो व्यवहार गर्ने कैदीहरु मिलाएर बनाइएको थियो।

australia facts 22  (1)

  • अष्ट्रेलिया विश्वकै उच्च विद्युत मुल्य भएको देश हो।
  • साउदी अरबले अष्ट्रेलियाबाट उँट किन्ने गर्छ। मुख्यत: मासुको लागि।
  • संयुक्त राष्ट्रसंघको स्थापक देश मध्ये अष्ट्रेलिया पनि एक हो।
  • मेलवर्न विश्वकै सबैभन्दा बढी खेलप्रेमी सहर हो। अन्य ठाउँको तुलनामा विश्वकै चर्चित खेलहरु मेलवर्नमा सजिलै खेल्न सकिन्छ।

australia facts 22  (2)

  • अष्ट्रेलियामा प्रत्येक दिन नयाँ समुन्द्री तट एक एक गर्दै जाँदा सबै समुन्द्री तट घुम्न २७ वर्ष लाग्नेछ।
  • सन् १९०२ भन्दा पहिले समुन्द्री किनारामा पौडी खेल्नु गैरकानुनी मानिन्थ्यो।
  • सन १९६७ मा अष्ट्रेलियाका प्रधानमन्त्री चेभोइट तटमा पौडी खेल्न गएका थिए, त्यपश्चात उनी कहिल्यै फेला परेनन।
  • सन् १९८४ सम्म अष्ट्रेलियाको राष्ट्रियगान ‘गड सेभ द किङ/क्वीन’ थियो।

australia facts 22  (3)

  • कङ्गारु जन्मदाँ केवल १ सेन्टीमिटरको हुन्छ।
  • अष्ट्रेलियन नागरीकले औसत वार्षिक ९६ लिटर वीयर पिउँछन।
  • अष्ट्रेलियन विश्वको एक मात्र त्यस्तो महादेश हो जहाँ सक्रिय ज्वालामुखी छैन।
  • विश्वकै सबैभन्दा बस्न लायक शहरमा मेलवर्नको आउँछ।
  • एक अष्ट्रेलियन नागरिकले न्युजील्याण्डलाई इबेमा बेच्ने प्रयास गरेका थिए।
  • सन् १९७९ मा नाशाको स्पेश स्टेशन ‘स्काइल्याव’बाट एक टुक्रा इस्परेन्समा खसेको थियो। सो बखत यो सहरले नाशालाई ४०० डलर फाइन तिराएको थियो।
  • सन् १९७९ बाट अष्ट्रेलियामा माकुराले टोकेर कसैको पनि मृत्यु भएको छैन।
  • मानिस आइपुग्नुपूर्व अष्ट्रेलिया तीन मिटर अग्ला कङ्गारु, सात मिटर अग्ला गोनाज, घोडा जत्रा हाँस र चितुवा जत्रा सिंहको घर थियो।

अष्टेलियामा जमिनको सतह नजिकै बन्ने गरेको अनौठो बादल, अहिलेसम्म रहस्यमय

अष्ट्रेलियामा एक महिलाले दुईवटा अनुहार भएको बच्चा जन्माइन..(फोटो फिचर सहित)