१३ असार, धनगढी ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ खानेपानी रोडमा आफैले बोकेको बम पड्किएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता चन्द्र बहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।

उपमहानगरपालिकामा बम राख्ने क्रममा पड्केर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय तह चुनाव वहिस्कारको घोषणा गरेको नेकपाले विभिन्न ठाउँमा बम राखेर जनजीवन आतंकित गर्ने काम गरिरहेको छ ।