शारीरिक र मानसिक रोगको श्रृंखलामा पछिल्ला दिन सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ, तनाव। अधिकांस मानिस मानसिक तनावले पीडित छन्।stress tensed lady girl

यो एक प्रकारको मानसिक ज्वरो हो। ज्वरो आउँदा सो विरुद्ध लड्न कति शक्ति खर्चिनु पर्छ त्यो कसैबाट लुकेको छैन। मानसिक तनावले पनि सोही स्तरको क्षति गर्छ। जान्नुस् तनावबाट मुक्ति पाउने खास तरिका:

  •  कुनै एकान्त स्थानमा बस्नुस् वा पल्टनुस्। शारीरिक आरामको स्थितिमा आउने प्रयास गर्नुस्। लामो स्वास लिएर बिस्तारै आखा बन्द गर्नुस्, केही बेर स्वास रोक्नुस्। फेरी बिस्तारै स्वास छोड्दै शरीर शिथिल भएको अनुभव गर्नुस। यो प्रक्रिया शान्तिपूर्व ५-६ पटक दोहोर्याउनुस्।
  • शरीरलाई पूर्णत: शान्त राख्नुस्, फेरी एक-एक अंगमा तनाव उत्पन्न गरेर शिथिल छोड्नुस्। पुरै शरिरलाई तनावमा ल्याएर एकदम शिथिल गर्नुस्। यस्तो करिब ४-५ पटक गर्नुस्।
  •  अनुभव गर्नुस् कि मांसपेशी र स्नायु प्रणालीको तनाव समाप्त भएर शिथिलता आइरहेको छ। तपाई सामान्य अनुभव गर्दै हुनुहुन्छ। उत्साह र शान्ति खुट्टाको औलाबाट प्रवेश गरेर शरीका संगै अंग हुँदै मष्तिस्कतर्फ बढ्दै छ। तपाईमा सहन शक्तिको विकास भएको छ, मनोबल फिर्ता हुँदैछ, बढ्दै छ।
  •  सोच्नुस् कि बिस्तारै बिस्तारै शरीरको अंगबाट तनाव निस्केर जाँदै छ। हृदयको धड्कन सामान्य छ।

यस्तो अभ्यास नियमित गर्दा मस्तिष्क शान्त हुन्छ।

यो पनि पढ्नुस।

विवाह पश्चात किन मोटाउँछन् पुरुष? यी हुन् ६ कारण

फोन नआउँदा पनि घण्टि बजेजस्तो, भाइब्रेसन आएजस्तो महशुस हुन्छ?