२ मंसिर, काठमाडौं । भोजपुरको पौवादुम्मा गाउपालिका– १ हिलेभञ्याङ्गमा ट्याक्टरबाट लडेर सहचालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका–८ वासीखोराका ४० वर्षिय विरधन राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनलाई शुक्रवार वेलुका ७ वजे क २ त ५६ ५१ नम्वरको ट्याक्टरले किच्दा घटनास्थलमै ज्यान गएको प्रहरीको भनाई छ । उनि लडेपछि ट्याक्टरको चक्काले उनलाई किचेको थियो ।

घटना पछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।