६ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–चीनबीच भएका बिगतका सम्झौता छिटो कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत यु होङसँग आफ्नै निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्डले दुई मुलुकबीच भएका सम्झौताहरु जतिसक्दो चाँडो कार्यान्वयन गर्न जोड दिए ।

उनले चीन नेपालको असल छिमेकी भएको बताउँदै आपसी सम्बन्धलाई अझ सुदृढ गर्दै लैजानुपर्ने बताए । भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बिषयमा समेत कुराकानी भएको प्रचण्डको निजि सचिवालय जनाएको छ ।