बलिउड स्टार सलमान खान फिल्म ‘भारत’को प्रमोशनको तयारीमा छन। प्रमोशन खासै जमेर नगर्ने सोचमा रहेका सलमान खान अहिले फिल्ममाथी गरिएको प्रतिक्रियाबाट खुसी छैनन।

सलमान खानले फिल्म ‘भारत’ बाट निकै अपेक्षा गरका छन्। किनकी उनको अघिल्लो फिल्म ‘रेस ३’ बलिउड बक्स अफिसमा फ्लप भएको थियो। अहिलेसम्म ‘भारत’को ट्रेलर अनि ३ वटा गित सार्वजनिक भइसकेको छ। तर जति फिल्म प्रति प्रतिक्रियाहरु आउनुपर्ने थियो, चर्चा हुनुपर्ने थियो त्यति भएको देखिन्न।

भिलेन बन्दै ऐश्वर्या

फिल्मका निर्माता भूषण कुमारसंग सलमानले आफ्नो चिन्ता प्रकट गरेका रहेछन्। भूषणले फिल्मको गितले राम्रो प्रतिक्रिया पाएको भनी सम्झाएको बताए। सलमानले भने ‘मेरो एउटा इमोशनल फिल्म इदमा रिलिज भएको थियो जुन चल्न सकेन। तर यो फिल्म इमोशनल होइन बरु मनोरञ्जक हो। मलाइ आशा छ कि दर्शकलाई राम्रो लाग्नेछ।’

फिल्मको बजेटको बारेमा कुरा गर्दै भूषणले भने कि फिल्म ठूलो बजेटको त हो तर सलामनाको फिल्मको रिकभरी रिलिज पहिले नै भइसक्छ। तापनि सलमान चिन्तित छन् र उनले निर्देशक अली अब्बाससंग मजाक गर्दै भनेका रहेछन्, ‘ध्यान राख्नु कि फिल्मको रिलिज पश्चात मेरी बहिनीको घर न उजाडिओस्।’

फिल्म सलमानकी बहिनी अल्भिरा खान अग्निहोत्री, अल्भिराका पति अतुल अग्निहोत्री लगायत भूषण कुमार, क्रिसन कुमारको निर्माणमा बनेको हो।