‘इन्द्रदेव’को नाम त सबैले सुन्नुभएकै होला। देवलोक तथा स्वर्गलोकका राजा इन्द्रदेव शक्तिशाली देवताहरूमध्येमा पर्दछन्। हिन्दु धर्मका अनुसार, पृथ्वीमा पानी पार्न मद्दत गर्ने देवता नै ‘इन्द्रदेव’ हुन्। तर इन्द्रको एउटा अवगुण के थियो भन्दा, ऊ साह्रै घमण्डी थिए। आफ्नो शक्तिप्रति खुब अहङ्कारी थिए र अरूको अपमान गर्नमा पछाडि पर्थेनन्।

इन्द्रदेव

इन्द्रको चार सुँड भएको, सुन्दर सेतो हात्ती थियो, जसलाई उनले ‘ऐरावत’ नाम दिएका थिए। जब कुनै कामले स्वर्गलोक बाहिर जानुपरेमा इन्द्र सँधै ऐरावतकै सवार गरेर जान्थे। एकदिन सँधैजसो आफ्नो ऐरावतमा सवार गर्दै इन्द्र यात्रा गरिरहेका थिए र उनले टाढैबाट ऋषि दुर्वासा आफ्नै बाटो हुँदै आइरहेका देखे।airavata2

दुर्वासा

ऋषि दुर्वासा पनि एकदमै शक्तिशाली थिए। गहन ध्यान र तपस्याबाट उनले भयङ्कर योगी शक्ति प्राप्त गरेका थिए। तर उनको एउटै मात्र नराम्रो गुण थियो- ऊ एकदमै चाँडै रिसाउँथे र रिसाउनेबित्तीकै श्राप दिन लागि पर्थे। तपस्वी ऋषि दुर्वासाले यात्राकै क्रममा एक सुगन्धीत फूल भेट्टाएका थिए, जुन कहिल्यै पनि ओइलाउँदैनथ्यो। ऐरावत हात्तीमा सवार गर्दै आइरहेका इन्द्रलाई देखेपछि देवलोकका राजालाई नै यो फूल दिनु उचित होला भन्ने सोँचे।iamkalkivolipage32

दुर्वासालाई भेटेपछि इन्द्रले हलुका टाउको हल्लाएर अभिवादन मात्रै गरे, प्रणाम भने गरेनन्। तर दुर्वासाले यसमा केहि भनेनन्, रिसाएनन् पनि! बरु, उनले इन्द्रलाई सोहि फूल दिएर प्रणाम गरे।

इन्द्रले उक्त फूलको मूल्य चिन्न नसकी बेवास्ता गर्दै ऐरावतको शिरमा राखिदिए। तर फूलको सुगन्ध यति कडा थियो कि ऐरावतलाई मन नै परेन र आफ्नो शिरदेखि फूललाई फ्याँकिदिए। इन्द्रको यस्तो अपमानपूर्वक व्यवहार देखेर भने अब ऋषि दुर्वासा क्रोधमा रातोनीलो हुन थाले र श्राप दिन मुख खोले।

बल्ल इन्द्रको होस् खुल्यो र डरले उसको मुटु काँप्न थाल्यो। ऋषि दुर्वासाको श्रापबाट पीडित देव तथा मानिसहरूको लामो सूची बल्ल याद आउन थाल्यो इन्द्रलाई। दुर्वासाले मुख खोल्न नपाउँदै इन्द्र दुर्वासाको पाउ समाउन पुगिसकेका थिए। “क्षमा गर्नुहोस् ऋषिवर! मबाट ठूलो भूल भयो।”Back-To-Godhead-Lord-Indra-and-Vasusena

ऋषि दुर्वासाको क्रोध झन्झन् बढ्दै गयो। “हे इन्द्र! मैले श्राप दिन्छु भन्ने थाहा पाएर मात्रै तिमी मेरो पाउ पर्यौ। म कसरी विश्वास गरूँ कि तिमीले साँचो मनले माफी मागिरहेका छौ?”

रातो-रातो आँखा बनाउँदै, निधार खुम्च्याउँदै दुर्वासाले औँला उठाएर भने- “तिमीलाई पाठ सिकाउनु आवश्यक छ। तिमी घमण्डी र अनादरी भएछौ। देवलोकको शक्तिले तिमीलाई अन्धो बनाएछ। म तिमी र तिम्रा देवहरूलाई यो श्राप दिन्छु कि तिमीहरू सबैले आफ्ना शक्ति गुमाउनुपरोस् र सँधै थकित मुद्रामा बस्नुपरोस्।”

“दया गर्नुहोस् प्रभो! दया गर्नुहोस्! मेरो भूललाई क्षमा गर्नुहोस्!”, इन्द्र रुनमात्रा सकेका थिएनन्। तथापी, ऋषिको बोली शक्तिशाली थियो। इन्द्रले आफ्नो शक्ति बिस्तारै बिस्तारै हराउँदै गएको महशुस गरिरहेका थिए। बल्ल इन्द्रलाई महशुस भयो कि उसबाट कत्ति ठूलो भूल भयो र आफ्नो गल्तीको फल आफ्नै देवहरूले पनि भोग्नुपर्यो। उनलाई यो सबै सच्याउनुथियो। अझसम्म इन्द्रले दुर्वासाको पाउ समाउन छाडेका थिएनन्। उनले निरन्तर माफी मागिरहेका थिए। तर उनको यो आवाजलाई दुर्वासाको क्रोधले कानसम्म पुग्न दिइराखेको थिएन।

दुर्वासाले रातो आँखा पार्दै इन्द्रतर्फ हेरे र भने- “तिम्रो यो भूललाई म क्षमा गर्नेछैन।” रिसाउँदै दुर्वासाले इन्द्रलाई हुत्याए र पछाडि नफर्की त्यहाँबाट बाटो लागे।

अब इन्द्रलाई ठूलो आपत आइलाग्यो। कुन मुख लिएर देवलोक फिर्ने? आफ्ना सबै देवहरूलाई के उत्तर दिने? उनीहरूको शक्ति र स्फूर्ती कता गयो भनेर सोध्दा के उत्तर दिने? यत्ति सोँच्दासोँच्दै इन्द्रको सारा ऊर्जा नष्ट भएर त्यहिँ बेहोस् भए।

केहि क्षणपछि इन्द्रको आँखा खुल्यो, उठेर हेर्दा उसले आफूलाई एक्लै पाए र निराश हुँदै थकित मुद्रामा देवलोक फर्किए।

स्वर्ग पुगेर उनले सबै देवहरूलाई सभामा निमन्त्रण गरेपछि मात्रै थाहा पाए कि सारा देवहरूको हालत पनि उसको जस्तै भएको रहेछ। उसलाई दिएको श्रापले अन्य देवहरूलाई पनि असर गरेको रहेछ। तब इन्द्रले सबै बेलिबिस्तार लगाएर बताएपछि सबैजना चकित परे, अब के गर्ने भन्ने रनभुल्लमा परे।

सबै देवहरू हैरान भएर पुर्पुरोमा हात लगाउँदै बसिरहेका थिए, त्यति नै बेला द्वारपाले दौडिँदै हस्याङफस्याङ गर्दै सभामा आइपुगे- “देवेन्द्र! देवेन्द्र! ठूलो सङ्कट आइलाग्यो….” सारा देवताहरुको यस्तो हालत देखेर द्वारपाले आफै दङ्ग परिरहे र अग्नीदेवबाट सबै कुरा सुनिसकेपछि निराश हुँदै भने “हामी सिद्धियौँ…”

तैपनि इन्द्रले अलिकति भएको हिम्मत जुटाउँदै द्वारपालेलाई सोधे- “के भयो द्वारपाले?”

“असुर देवेन्द्र, असुर! चारैतर्फबाट असुरहरूले स्वर्गलोकमा आक्रमण गरिरहेका छन्…”

अब इन्द्र र अन्य देवहरूको मनमा ढ्याङ्ग्रो बज्न थालिसकेको थियो। हुन त पहिले पनि देव र असुरहरूको निरन्तर युद्ध भैरहन्थ्यो, जसमा शक्तिशाली शस्त्रअस्त्रहरूको कारण जहिले देवहरूले नै जित्दथे। तर अहिले कुनै पनि देवसँग आफ्नो शक्ति थिएन, शक्तिको कुरै छोड्दिउँ उठेर हिँड्न सक्ने स्फूर्ती समेत थिएन। यस्तो बेलामा युद्ध त परैजाओस् आत्मरक्षा गर्न पनि मुश्किल हुनेथ्यो।

नभन्दै देवहरू उठेर युद्धको लागि तयार हुन नपाउँदै सारा दैत्यहरूले देवलोक घेरिसकेका थिए। कतिपय देवहरू त देवलोक नै त्यागेर भाग्न बाध्य भए। त्यसपछि इन्द्रले बाँकी रहेका आफ्ना देवहरूलाई साथमा लिएर त्यहाँबाट भाग्नुपर्यो।

यो पनि हेर्नुहोस्-
“म पनि यहिँ छु, घाम पनि त्यहिँ छ!”- बौद्ध भिक्षुको रोचक कथा
यदि शिवजीले नरोकेका भए, संसार ध्वस्त पार्ने थिए विष्णुले- यस्तो छ रोचक कथा
शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन? यस्तो छ कथाप्रसङ्ग
रामायण र महाभारत कथाको बीचमा कस्तो सम्बन्ध रहेको छ?