१६ चैत, एजेन्सी।

अक्षय कुमार यस्ता बलिउड स्टार हुन, जसले आफ्नो छवि बनाउन नाम नै परिवर्तन गरे । यसको रहस्य उनले ३० वर्षपछि मात्र खोलेका छन् ।

अक्षयले एक अन्तर्वार्तामा भने, मैले अभिनय गरेको पहिलो फिल्म ‘आज (१९८७) ‘लाई महेश भट्टले निर्देशन गरेका थिए । जसमा कुमार गौरबको मुख्य भूमिका थियो भने अक्षयको सहायक भूमिका थियो ।

फिल्ममा अक्षयको भुमिका ५ सेकेण्डको थियो । र उनी कराते इन्स्ट्रक्टरको भूमिकामा थिए ।

फिल्ममा अभिनय गरेपछि एक दिन अदालत गएर उनले आफ्नो नाम परिवर्तन गरेर राजिव भाटिया बाट अक्षय कुमार बनाए ।

बान्द्रा अदालत पुगेर उनले नाम परिवर्तन गराएका थिए । त्यसपछि भिजिटिङ कार्ड बनाए र विस्तारै उनलाई भाग्यले पनि साथ दिन थालेको अनुभव उनी सुनाउँछन् ।

जुन महिनामा रिलिज हुने भनिएको अक्षय कुमारको फिल्म ‘ट्वाइलेट – एक प्रेमकथा’ मिति सारेर अब अगस्टमा रिलिज हुने भएको छ । यहि समय शाहरुख खानको फिल्म पनि रिलिज हुने भएको छ ।