कुशल श्रेष्ठ

कैयौँ अनुसन्धानबाट यो पुष्टि भएको छ कि एसिडिटी, ग्यास्ट्रिक, कब्जियत, अपच, मोटोपना, दुब्लोपना जस्ता पाचनप्रक्रियासम्बन्धी समस्याहरूको पछाडि एउटा कारण लुकेको हुन्छ- रक्तसमूह अनुसार गलत खानेबानी।

पोषणविशेषज्ञ ‘पिटर जे. डि’आडामो’ भन्छन्- “हामीले खाने खानामा ‘लेक्टिन्स’ नामक प्रोटिन हुन्छ, जसले हाम्रो रातो रक्तकोषको बाहिरी सतहमा हुने एण्टिजेन्स सँग रसायनिक प्रतिक्रिया गर्दछ। त्यसैले हाम्रो रक्तसमूहसँग मिल्ने खालको खानेबानी बसाल्नु महत्वपूर्ण हुन्छ। यो बानीले पाचनप्रक्रियामा पहिलेको भन्दा सुधार आउँदछ भने जति गर्दा पनि तौल घटाउन नसकेको समस्याबाट पनि राहत पाउन सकिन्छ। जति खाएपनि खाएजस्तो नलाग्ने, ऊर्जा नआउने समस्या यहि कारणले नै आउँदछ।”Eat-right-for-your-blood-type

त्यसो भए, कुन रक्तसमूहले कस्तो खाना खाँदा उचित हुन्छ त?

“यो त व्यक्तिको रक्तसमूहमा भर पर्ने कुरा हो।”, डा. डि’आडामो भन्छन्- “रक्तसमूहको positivenegative पक्षले यसमा कुनै फरक पार्दैन, फरक पार्छ त केवल रक्तसमूहले।”

(कुन रक्तसमूहलाई सबैभन्दा दुर्लभ मानिन्छ र किन?)
१. रक्तसमूह “O” को लागि

डा. डि’आडामो भन्छन् कि O रक्तसमूह हुने अधिकांश व्यक्तिहरूको पाचनशक्ति अन्यको भन्दा कमजोर हुन्छ, त्यसैले यस्ता व्यक्तिहरूले कम फाइबर भएका खानेकुराहरू खानुपर्दछ। गेडागुडी (चना, केराउ, दाल, बोडि, राजमा, आदि।), अन्नको रोटि र दूग्धपदार्थ यस्ता व्यक्तिहरूले नखाँदै उचित हुन्छ।

बरु त्यसको सट्टा प्रोटिनको मात्रा बढि भएका खानेकुराहरू O रक्तसमूह भएका व्यक्तिहरूले खानुपर्दछ। जस्तै; फलमासु, माछा, काउली, बन्दा, च्याउ, सागपात, आदि।

O रक्तसमूह हुनेहरूले गेडागुडीलगायतका अन्य खानेकुराहरू खाँदा फरक नपर्ने डा. डि’आडामो बताउँछन्, किनभने गेडागुडीमा अत्याधिक फाइबर हुने गर्दछ, र धेरै फाइबरयुक्त खानालाई यस्ता व्यक्तिहरूको पाचनशक्तिले पचाउन सक्दैन।Foods for O Blood Type

(च्यात्तिएको छालालाई आलु अनि सुपारी- निको पार्ने अन्य ५ प्राकृतिक उपाय…)
२. रक्तसमूह “A” को लागि

A समूह हुनेहरूको प्रतिरक्षा प्रणाली अति संवेदनशील हुने कारणले यस्ता व्यक्तिहरूले मांशाहारी तथा दूग्धपदार्थको भोजन गर्नु अनुचित हुने डा. डि’आडामोको सुझाव रहेको छ। मांशाहारी तथा दूग्धपदार्थको भोजनले यस्ता व्यक्तिहरूमा विभिन्न किसिमका एलर्जी निम्त्याउन सक्ने हुनाले शाकाहरी भोजन गर्नु उचित हुन्छ। ताजा फलफूल तथा सागसब्जी, गेडागुडी तथा अन्नको आँटा नै A रक्तसमूहको लागि फाइदाकारी हुने डा. बताउँछन्।eat-right-blood-type

(चस्मा लगाउन मन छैन भने गाँजर र पालुङ्गोको जुस पिउनुस्- स्वस्थ आँखाको लागि अन्य घरेलु उपाय…)
३. रक्तसमूह “B” को लागि

B रक्तसमूह हुनेहरूलाई चिल्लो तथा बोसोयुक्त खानेकुराहरू पचाउन बहुत मुश्किल पर्दछ। त्यसैले, बदाम, मकै, तील, सरसोँ, कुखुराको मासु, बङ्गुरको मासु, आदि जस्ता खानेकुराहरू खाँदा यस्ता व्यक्तिहरूको लागि लागि गाह्रो पर्न सक्दछ।

त्यसैले B रक्तसमूह हुनेहरूले कम बोसो भएको मासु (उसिनेर बनाएको मासु उचित हुन्छ), गेडागुडी, फ्याट झिकेको दूध, हरीयो सागसब्जी, रसिलो फलफूल, जस्ता ताजा खानेकुराहरू खानु सबैभन्दा लाभदायी हुने डा. डि’आडामो बताउँछन्।

(जापानीहरू धेरै बाँच्नुको पछाडि यस्तो रहेछ कारण…)
४. रक्तसमूह “AB” को लागि

AB” रक्तसमूह हुने व्यक्तिहरूको एउटै समस्या भनेको यिनीहरूको पेटमा एसिड कम हुने गर्छ, मतलब खानेबानीमा थोरै मात्र असन्तुलन हुँदा पनि पेटको समस्या आउन सक्छ।

तर यो रक्तसमूहको लागि फाइदाको कुरा के हो भने, यिनीहरूले “A” र “B” रक्तसमूहले खान हुने सबै खानाहरू खान पाउँछन्। तर ध्यानमा राख्नुपर्ने एउटै कुरा भनेको नियमित भोजन सन्तुलित हुनुपर्दछ। मतलब सँधै एकैप्रकारको खाना खाँदा यस्ता व्यक्तिहरूलाई समस्या आउन सक्छ। त्यसैले फलफूल, हरीयो सागसब्जी, माछामासुलगायत गेडागुडी र अन्नको सन्तुलित भोजन गर्नु यिनीहरूको लागि फाइदाजनक हुन्छ।Foods for A Blood Type

(धेरै खाँदा तौल बढ्ने चिन्ता लाग्छ? त्यसो भए ढुक्कले खानुस् यी १० खानेकुरा…)

तथापी, पेटमा एसिडको कमी भएको कारणले मदिरापान यिनीहरूको लागि नफाप्न सक्छ। कफी र चियाले पनि यिनीहरूको लागि खासै राम्रो गर्दैन।

अन्त्यमा:-

सबैको शरीर एउटै हुँदैन। तपाईँलाई मीठो लाग्ने खानेकुरा अरूलाई मीठो नलाग्न सक्छ। कसैलाई मांशाहारी मन पर्छ भने कसैलाई मासुको गन्ध पनि दुर्गन्ध बन्न सक्छ। त्यसैले जसले जे खाएपनि स्वच्छ र सफा खानुपर्दछ। आफ्नो दैनिक भोजनमा ताजा फलफूल र सफा सागसब्जी मिसाउनु उचित हुन्छ।

(प्याँजले धेरै निन्द्रा लगाउँछ भन्छन् नि! के हो कारण अनि निन्द्रा लगाउने अन्य खानेकुरा के-के छन्?)