२३ जेठ।

आज आमावस्या तिथि तथा शनि जयन्ती हो। यो तिथिमा गरिएको पुजा-आजा निकै फलदायी हुन्छ साथै सबै देवी-देवताको कृपा प्राप्त हुने विश्वास गरिन्छ।

आमावस्याको रात विशेष महत्वको मानिन्छ। रातमा ५ विशेष स्थानमा सर्स्युँको तेलको दीपक बाल्नाले घरमा लक्ष्मीको आगमन हुने विश्वास गरिन्छ।hindu lamp light 2581689

दीपक जलाउने पाँच स्थान

  • घरको मुख्य द्वारको दुवै तर्फ एक-एक दिपक बाल्नुस्। यसो गर्दा सकारात्मकता बढ्छ र घरमा महालक्ष्मीको आगमन हुन्छ।
  • तुलसीको मोठ नजिक एउटा दीपक बाल्नुस्। यसो गर्नाले विष्णुको साथसाथ लक्ष्मी पनि प्रसंन्न हुनेछिन्।
  • घरको छतमा दोस्रो दीपक बाल्नुस्। यसो गर्नाले आसापासको अन्धकार र नकारात्मक उर्जा घट्छ।
  • घरको आसपास भएको पिपलको मुनी अर्को दीपक बाल्नुस। यस्तो गर्नाले शनि अनि राहु-केतुको दोष पर हट्छ।
  • घरको नजिकैको मन्दिरमा दीपल बाल्नुस्। यसो गर्दा सबै देवी-देवताको कृपा प्राप्त हुने विश्वास गरिन्छ।