३० वैशाख, एजेन्सी।

पूर्वी चीनको शान्दोङ प्रान्तका एक व्यक्तिले विहिबार आफ्नो शानदार BMW कन्भर्टिभल कारमा हरीयो छ्यापी (मसीनो पात भएको प्याँजको प्रजाति) राखेर बेच्न थालेपछि विवाद उत्पन्न भएको छ। त्यहाँका कतिपय बासिन्दाहरूले उनको यस्तो क्रियाकलापलाई ‘भड्किलो प्रचारप्रसार गरेको’ आरोप लगाएका छन्।Selling Scallions on BMW Car (3)

‘सुन यानकुन’ नाम गरेका उक्त व्यक्ति विवाहको जोडी मिलाइदिने कम्पनीमा काम गर्छन्। BMW कारमा बेच्न ल्याएको छ्यापी आफ्नै आमाबुवाले फलाएको उनले बयान गरे। तथापी, उनकी आमालाई अस्पतालमा भर्ना गर्न परेपछि भने त्यहि छ्यापी पनि घरको लागि चाहिएको भन्दा बढि भएको उनले बताए।Selling Scallions on BMW Car (2)

आफ्नी आमाले बारीमा फलाएको छ्यापी नजिकैका छिमेकीहरूलाई बाँडेपछि पनि थुप्रै बाँकी रहेको हुनाले उनले सडकमा ल्याएर बेच्ने निर्णय गरेका हुन्। तर, उनको त्यस्तो शानदार कारले गर्दा सोँचेको भन्दा बढि मानिसहरूको ध्यानाकार्षण गरेको पिपुल्सडेलीमा प्रकाशित एक रिपोर्टले जनाएको छ।Selling Scallions on BMW Car (1)

तस्विर स्रोत– पिपुल्स डेली
यो पनि हेर्नुहोस्-
चीनमा अर्धनग्न सामुहिक विवाह- फोटो फिचर
चीनबाट काठमाडौंको लागि गुड्यो रेल, १० दिनमा ८६ कार्गो काठमाडौँ आइपुग्ने

१०४ वर्ष पुग्दा पनि अझै तन्दुरुस्त छन् चीनका यी वृद्ध

चीनमा बन्यो डिज्नेको पहिलो थिम पार्क, रेकर्ड तोड्ने तयारी