एजेन्सी ।

भारत अहसहिष्णु बन्दै गएको भन्ने विवादकाबीच आफूलाई पत्निले देश छोड्न सुझाव दिएको बताएर विवादमा परेका बलिउड अभिनेता आमिर खानको ब्यापक आलोचना भएको छ ।

उनका फ्यानले समेत आमिर खानको अभिब्यक्तिप्रति आपत्ति जनाएका छन् ।

नरेन्द्र मोदी सरकारका मन्त्री मुख्तार अब्बासले आमिर खान भारतमा असुरक्षित नरहेको भन्दै आमिर खानले राजनीति गर्न खोजेको टिप्पणी गरेका छन् । आफ्ना फ्यानलाई समेत आमिर खानले अपमान गरेको उनको भनाइ छ ।

Amir khan Anupam Kher

एक अवार्ड समारोहमा बोल्दै आमिर खानले आफ्नी पत्नी किरण रावले देशमा बस्न असुरक्षित महसुस गरिरहेको बताएका थिए ।

मोदी सरकारको आलोचक रहेका विपक्षी कांग्रेस उपाध्यक्ष राहुल गान्धीले पनि आमिर खानको भनाइलाई समर्थन गरेका छन् ।

त्यसैगरी दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले समेत आमिर खानको पक्ष लिएर ट्वीट गरेका छन् ।

मोदीको राजमा अमिर खान पनि असुरक्षित, देश छोड्न पत्नीको सल्लाह

उता अभिनेता अनुपम खेरले पनि आमिरको अभिब्यक्तिप्रति आपत्ति जनाएका छन् । भारतको प्रशंसा गर्ने आमिरले कसरी भारतलाई असहिष्णु देखे भनेर आमिरले प्रश्न गरेका छन् ।
उनले भारत छोडेर कुन देश जाने हो भनेर प्रश्न समेत गरेका छन् ।

यस अघि भारतमा असहिष्णुता रहेको भनेपछि विवादमा परेका शाहरुख खानलाई पाकिस्तान जान समेत सुझाव दिइएको थियो ।