८ मंसिर, एजेन्सी ।

भारतीय हिन्दुवादी संगठन शिव सेनाले बलिउड अभिनेता आमिर खानको अभिब्यक्तिप्रति आपत्ति जनाएको छ । आमिर खानको भनाइ षडयन्त्रको भाषा भएको शिव सेनाको भनाइ छ ।

एक अवार्ड समारोहमा बोल्दै आमिर खानले भारतमा असहिष्णुता बढ्दै गएको र आफ्नी पत्नी किरण रावले देशमा बस्न असुरक्षित महसुस गरिरहेको बताएका थिए ।

amir khan cried

थ्री इडियट्सको पात्रा रन्छोडदासलाई गिज्याउँदै शिव सेनाले रन्छोडदासले कसरी असुरक्षित भएको हो स्पष्ट पार्नु पर्ने बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सहयोगी शिव सेनाले आफ्नो मुखपत्र सामना नामक पत्रिकामा सम्पादकीय लेखेर आमिर खानमाथि धावा बोलेको हो ।

नेपालबाट १५ जिल्ला फर्काउन भारत लडाइँ लड्छ- भाजपा सांसद आजाद

भारतप्रति मायाँ नहुनेले सत्यमेव जयते भन्न नमिल्ने समेत शिव सेनाले भनेको छ ।

भारतमा रहेको असहिष्णुता बारे बोलेर विवादमा परेका आमिर खानविरुद्ध यस अघि नै मुद्धा परेको छ । दिल्लीको एक पुलिस थानामा उनीवविरुद्ध मुद्धा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नेपालबाट १५ जिल्ला फर्काउन भारत लडाइँ लड्छ- भाजपा सांसद आजाद

त्यसैगरी उनको मुम्बइस्थित उनको घर अगाडी पनि प्रदर्शन भएको छ । हिन्दु सेनाले आमिरको घर अगाडी प्रदर्शन गरेको छ ।

यस अघि नरेन्द्र मोदी सरकारका मन्त्री मुख्तार अब्बासले आमिर खान भारतमा असुरक्षित नरहेको भन्दै आमिर खानले राजनीति गर्न खोजेको टिप्पणी गरेका छन् । आफ्ना फ्यानलाई समेत आमिर खानले अपमान गरेको उनको भनाइ छ ।

उता अभिनेता अनुपम खेरले पनि आमिरको अभिब्यक्तिप्रति आपत्ति जनाएका छन् । भारतको प्रशंसा गर्ने आमिरले कसरी भारतलाई असहिष्णु देखे भनेर आमिरले प्रश्न गरेका छन् ।

भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी र दिल्लीका मुख्यमन्त्री केजरीवालले भने आमिर खानको समर्थन गरेका छन् ।